रेखा किन भइन् थकित ?

दर्जनौं चलचित्र सजिलै पस्केकी हिरोइन रेखा थापालाई यतिबेला भने आफ्नो होमप्रोजेक्टले हम्मे-हम्मे पारिरहेको छ । बन्जी जम्प, डाइभिङ, झरनाबाट हामफाल्ने, फाइटजस्ता जोखिम र साहसीपूर्ण सट् दिएकी रेखालाई पछिल्लो घरेलु प्रोजेक्ट 'अन्दाज'ले भने दुःख दिइरहेको छ । संवाददातासँग गफिँदा उनी थकित र सुस्केरा काढिरहेको मुडमा थिइन् । 'निकै गाह्रो भैरहेको छ' भन्छिन् 'एकैसाथ तीन चरित्र निर्वाह गर्नका लागि मिहेनत त गरिरहेकी छु तर सजिलो भने लागिरहेको छैन ।'रेखाजस्ती साहसी अभिनेत्रीलाई दुःख दिने ती तीन चरित्र कस्ता-कस्ता छन् ? अहिल्यै सार्वजनिक गर्ने पक्षँमा भने छैनन् उनी । 'एउटै कथाले मलाई तीन भूमिकामा देखाउँछु' रेखा भन्छिन् 'कथाको अवस्थाअनुसार एउटी साधारण छुच्ची र बोल्ड युवती । अहिलेलाई यतिमात्रै ।' प्रेमकथामा आधारित चलचित्रको निर्देशन गरिरहेका छन् निर्माता समेत रहेका उज्वल घिमिरे । रेखाको मिहेनत यसअघि कहिल्यै नदेखेको बताउँछन् उनी ।'अन्दाजमा उनी पर्फेक्ट अभिनेत्री दरिएकी छिन्' घिमिरे भन्छन् ।रेखा पहिलोपटक बहुमुखी चरित्रमा अभिनय गर्दैछिन् । त्यसमाथि पनि होमप्रोडक्सनको प्रोजेक्ट । आफ्नो भनेपछि मिहेनत त गर्नैपर्‍यो नि ।चलकेटी हिरो जीवन लुइँटेल रेखासँग अनस्क्रिन रोमान्स गरिरहेका छन् ।'फस्टलभ' अभिनेता सविन श्रेष्ठ हिरोका रुपमा पहिलोपटक 'अन्दाज'मार्फत आउँदैछन् । छवि ओझा, निर्देशक घिमिरे र अशोक शर्माको त्रिपक्षीय लगानीमा निर्माण भैरहेको सिनेमाको छायांकन जोमसोम लगायतका स्थानमा गरिनेछ । 'अन्दाज'पछि रेखा श्याम भट्टराईको प्रोजेक्ट 'लङ्का'मा देखिँदैछिन् ।

0 comments:

Post a Comment