‘म आत्महत्या गर्न सक्छु !’

पहिलो गाँसमै ढुङ्गा पर्दा खानुपर्ने बाँकि खानाको बारेमा पिरोलिने जोकोही हुन्छ । त्यस्तै पीरमा परेकी छन् मोडल विनिता बराल । दर्जनौं म्यूजिक भिडियो र एडहरुमा दरो उपस्थिति जनाएकी विनितालाई निर्मात्री कृषा चौलागाईं र सविर श्रेष्ठले धोका दिएका छन् । एग्रिमेन्ट पेपरमा हस्ताक्षर भैसकेपछि विनितालाई यस्तो गरिनु उनीमाथिको ठाडो अन्याय हो ।‘के म तिम्रो साथी बन्न सक्छु ?’मा हिरोइनको रुपमा डेब्यू गर्न लागेकी विनितालाई सिनेमा युनिटले नराम्ररी धोका दिएपछि विनिता विक्षिप्त छन् । ‘म आत्महत्या पनि गर्न सक्छु !डाइरेक्टर सबिरको सिफारिसमा मलाई कृषाले निकालेकी हुन् । विनिता यसो भन्छिन् तर निर्देशक श्रेष्ठ भने यस्तो प्रतिकृया दिन्छन् मानौं यहाँ केही भएकै थिएन ।हामीले विनितालाई निकालेका हैनौं । उनको पर्सनल काम र स्टडीमा विजी हुन्छिन् जस्तो लागेर हिरोइन अर्को खोज्न थालेका हौँ’ श्रेष्ठको कुरामा सत्यताको कति प्रतिशत अशं छ त्यो उनैले जानुन, उनी भन्छन्, ‘तैपनि हिरोइन को राख्ने भन्नेमा छलफल गर्दै छौं ।’युनिटले नम्रता श्रेष्ठलाई हिरोइन राख्ने चर्चा छ । यसैगरी दिप्ती गिरी पनि हिरोइन छानिन सक्ने सम्भावना रहेको जनाउँछन् सविर ।सिनेमामा साइन गराएर सुटिङ थाल्ने बेलामा विनितालाई युनिटमा निकालिएको हो ।सुटिङ यही हप्ताबाट सुरु हुने पक्का पक्की थियो ।कृषाले कलाकारहरुसँग पहिलोपनि यस्तो व्यवहार देखाइसकेकी थिइन् । चलचित्र ‘कसम हजुरको’मा उनले विराजलाई आउट गरेर राजबल्लभलाई इन गराएकी थिइन् । अहिले घानमा विनिता परिन् ।आफूलाई सहयोग गर्न विनिताले मिडिया गुहारीरहेकी छन् ।नेपाली सिनेमामा सधैं देखिइरहने बासी अनुहारबाट दिक्दार भएका दर्शकलाई निर्माता निर्देशकको यस्तो व्यवहारले पिरोल्छ ।

0 comments:

Post a Comment