
'त्यो प्रचारवाजी गर्ने काम निर्माताहरुको हो । हामीले फिल्म वितरण गर्ने हो । हामीले बजारमा पठाएका फिल्महरुले राम्रै व्यापार गरिरहेका छन् ।' बक्स अफिसको रेकर्डअनुसार 'दशगजा', 'प्रहार' 'निगरानी' जस्ता फिल्महरुले औषत व्यापार गरे । डिसिएनले वितरण गरेको अहिलेका केही चलचित्र 'निगरानी' 'प्रहार' र 'दशगजा' हुन् । 'दशगजा'ले चालिस लाख ग्रस बटुलेको छ, 'प्रहारले' एक करोँड रुपैँया ग्रस बटुलेको देखिन्छ । त्यसैगरी 'निगरानी'ले त्रिपन्न लाख रुपैँया ग्रस बटुलेको तथ्यांक छ, जुन औषत भन्दा मुनि छ । दंगालले दावी गरेअनुसार निगरानीले 'राम्रो' व्यापार गर्यो । तर बक्स अफिस रेकर्ड हेर्दा भने उसको स्तर औषत भन्दा मुनी रह्यो । मेरोसिनेमालाई बताइएअनुसार डिसिएनले वितरण गरेका सिनेमाहरुको कमाइबाट निर्माताहरु खुसी छन् । तर यो विश्लेषणलाई ख्याल गर्दा अवस्था भने अर्कै देखिन्छ । यसप्रकार तथ्यांक एकातिर र निर्माता, विश्लेषक र वितरकहरुको कुरा अर्कै देखिन्छ । नेपाली सिनेमाले यो स्तरबाट छुट्कारा पाए स्थितिमा केही सुधार आउने पक्का छ ।
0 comments:
Post a Comment