राजेश भर्शेश राजेश !

कुनै पनि नेपाली सिनेमामा राजेशको अनुहार मात्रै देख्न पाए दर्शकहरुको भिड उर्लेर आउँछ । त्यसैले राजेश हमालको नेपाली सिनेउद्योगमा नाम मात्रै काफि छ ।'वीरताको चिनो', 'दशगजा', 'जयशिव शंकर' र 'साहसी' नामका चलचित्र यसै साताको शुक्रबार रिलिज हुँदै छन् । रिलिज हुने चारमध्ये 'दशगजा', 'जयशिव शंकर' र 'साहसी'मा राजेश आफैँ नै अभिनेताको रुपमा देखिँदै छन् । फर्मुला श्रेणीका तीन वटै सिनेमाबाट निर्माताहरु राजेशबाट अत्यधिक आशावादी छन् ।'जयशिव शंकर'मा राजेशबाहेक विराज र निखिल पनि छन् । विराज र निखिल कलिउडबाट पलायनको बाटोमा आफैँ डोरिँदै छन् भने राजेशचाहिँ दर्शकबीच सधैँको सुपरस्टार ! यो सिनेमाको कथावस्तु त परम्परागत एक्सनको श्रेणीमा नै छ । त्यसैगरी 'दशगजा' नेपालको जल्दोबल्दो सीमा समस्यामा केन्द्रीत छ । दयाराम दाहालले निर्देशन गरेको यो सिनेमा नेपाल-भारतबीचको सीमा समस्या र यसबाट जनताहरुले झेलिरहेका दुख्ख देखाउने प्रयासमा छ । यसैगरी 'साहसी'मा राजेश चिनियाँ शास्त्रिय युद्धकलाको ताइची गुरुको रुपमा देखिएका छन् । वास्तविक जीवनमा ताइची गुरु रहेका भोज गुरुङले चलचित्रमा भने राजेशको चेला बनेर देखिँदै छन् । वासुदेव पोखरेलले यस सिनेमालाई निर्देशन गरेका हुन् ।यी तीनवटै सिनेमामा राजेश हमाल आफूसँग आफैँले प्रतिस्पर्धा गर्दै छन् । सबैमा उनको भूमिकाको कसी भने एउटै छ- एक्सन हिरोको रुपमा । हमालले आफ्नो एउटा सिनेमासँग बाँकि दुइओटाले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यसले हमाललाई त केही हानी नोक्सानी नहोला (किनकि उनी कलिउडका जहिल्यैका सुपरस्टार हुन्) तर दर्शक बाँडिने हुँदा यसको प्रत्यक्ष असर भने कलेक्स्न पनि बाँडिएर निर्मातालाई हुने पक्का छ । पहिलेदेखि स्थापित अरु अभिनेताहरु कोही बलिउड स्टार बन्ने सपना देखेर त कोही भोजपुरी सिनेमामा आकर्षित भएर पलायन हुने तर्खरमा रहेका बेला राजेश हमाल कलिउडमा आफैँसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आइपरेको छ ।

0 comments:

Post a Comment