लामो समयदेखिको प्रेम सम्बन्धलाई मूर्तरूप दिंदै सोभिताले बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आफ्ना प्रेमी निराजन भण्डारीसँग कोर्ट म्यारिज गरिन् । सानैदेखि कोर्ट म्यारिजको रहर भएकोले उनले कोर्ट म्यारिज गरेकी हुन् । उनका श्रीमान् सञ्चारकर्मी हुन् जो अहिले कतारमा बस्दै आएका छन् । यसैगरी नृत्यनिर्देशक दिनेश अधिकारीले पनि केहि समय अगाडी पुष्पा निरौलासँग मागी बिबाह गरेका छन् ।स्वच्छ छविकी नायिका भनेर चिनिएकी तृप्ती नाडखरले पनि दोस्रो बिबाह गरेपछि त झन् यो प्रसङले निकै स्थान पाएको छ । उनले केहि समय अगाडी भोजपुरी नायक राहुल सिन्हासँग बिबाह गरेपछि चलचित्रकर्मी मात्र हैन उनका प्रशंसकहरू पनि छक्क परेका छन् । यो उमेरमा आएर तृप्तीको बिहे ? यता नायक निखिल उप्रेतीले आफ्नी श्रीमती कोपिला उप्रेतीलाई लत्याएर नायिका सञ्चिता लुईटेललाई काखी च्यापे पछि पनि रजतपट निकै हल्लिएको थियो । त्यसैमाथि सञ्चिता गर्भवती भएको खबर आउँदा त झन् यसले चलचित्रकर्मीलाई मात्र नभएर उनका फ्यानहरूलाई पनि मज्जाले तताएको छ ।गायिका अञ्जु पन्त र गायक मनोज राजको बैबाहिक सम्बन्धको चर्चा अहिले सर्वाधिक अगाडी रहेको छ । कानुनत: रूपमा पारपाचुके गरिनसकेको भए पनि अञ्जु र मनोजको सम्बन्ध लगभग छुट्टिए जस्तै नै छ । स्वरका धनी अञ्जु र मनोजलाई बिभिन्न कार्यक्रममा एकसाथ देखिए पनि यिनीहरूको बोलचाल भने हुने गरेको छैन । अञ्जु त अब मनोजको नजिक पनि पर्न नचाहेको बुझिएको छ भने मनोज अझै अञ्जुसँग सम्बन्ध नबिग्रोस् भन्ने चाहेको बुझ्नमा आएको छ । तर त्यो लगभग असम्भव जस्तै छ । करिब एक वर्षअगाडि मात्र विवाह गरेकी बलिउड अभिनेत्री मनिषा कोइरालाको पनि वैवाहिक जीवन भनेजस्तो सुमधुर छैन।सम्बन्ध जोडीनु त राम्रो कुरा हो तर सम्बन्ध किन बिग्रिन्छन् ? बिशेष गरी सेलिब्रेटीको सम्बन्ध सम्प्रनु भन्दा पनि बढि बिग्रिएको पाईन्छ । आखिरमा किन ? यो प्रश्नको उत्तर सधैं नै खोजि भईरहेको छ र भईरहने पनि छ ।
रजतपटमा सम्बन्ध जोड्ने र तोड्नेको लहर
4:02 AM
No comments

0 comments:
Post a Comment