अन्जु पन्तले गरिन डिभोर्स

सम्बन्ध बिच्छेदको हल्ला चलिरहँदा गायिका अन्जु पन्त र पति मनोज सेवाले झन्डै आधादर्जन भन्दा बढी कन्सर्टमा एकसाथ स्वर दिए । कन्सर्टका लागि सँगै पूर्वी र मध्य नेपालको दौडाहामा पनि निस्किए । एकसाथ देखिन थालेपछि यी गायक दम्पत्ती फेरी एक हुन थालेका गाइँगुइहरु पनि सुनिए । तर मंगलबार जापान उड्नुअघि अन्जुले मेरोसिनेमासँग कुरा गर्दै मनोजसँगको आफ्नो सम्बन्ध पति-पत्नीबाट अलग भएर व्यावसायिक मात्र भएको बताएकी छिन् ।उनका अनुसार दुवैजना एउटै कन्सर्टमा देखिनु रहर नभएर बाध्यता मात्र थियो । दुवैजना अलग हुनुअघि अन्जु र मनोजले ती कन्सर्ट र एक टेलिभिजनको सिङ्गल आइडल नामक रियालिटी सोमा सहमति गरिसकेका थिए । सहमतिलाई निरन्तरता दिन दुवैजना एकसाथ देखापरेका हुन् । 'अब हामी दम्पत्तीको रुपमा रहेनौं' नेपाली सिनेमाकी शीर्ष पाश्र्वगायिकाले भनिन् 'ऊ र मबीच व्यावसायिक सम्बन्ध मात्र कायम छ । म गायिका र ऊ गायक ।'महिनादिनअघि एक ट्याब्लोइडले नम्बर वान गायिकाको वैवाहिक जीवनबारे समाचार छापेको थियो । दुइबीच प्रतिष्ठा र असमझदारीले झगडा भएको र छुट्टिएर बस्न थालेको समाचारमा उल्लेख थियो । मनोजसँगको दाम्पत्यबाट अन्जुसँग एक छोरा छन् । लामो समयदेखि उनी माइतीमा रहँदै आएकी छिन् । हाँस्यअभिनेता गोपाल नेपालसँग जापान उडेकी अन्जुले त्यहाँका सुनामी पीडितहरुलाई सहयोग गर्ने भएकी छिन् । दुबैबीचको डिभोस्रलाई लिएर यतिबेला नेपाली सिनेमा र गायन क्षँत्र तातेको छ ।

0 comments:

Post a Comment