अनुहार हेरेरै महिलाले पत्ता लगाउँछन् धोकेबाज पुरुष

धेरै युवतीहरुले पिरतीमा धोका खाएका दृष्टान्त हाम्रो सामु हुँदाहुँदै सायद यो कुरा पत्यार नलाग्न सक्छ । तर एक अध्ययनले के देखाएको छ भने महिलाहरुले कुनैपनि पुरुष धोकेबाज हो की होइन भन्ने कुरा उसको अनुहार हेरेरै पत्ता लगाउन सक्छन् । अध्ययन अनुसार पुरुषको दाह्री जुँगा, दाँत, चिउडो लगायतका अंग हेरेरै महिलाले पुरुष धोकेबाज हो की साँचो प्रेमी हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । फराकिलो कुकुर दाँत भएको, चौडा चिउँडो भएको तथा भद्दा आँखिभौँ भएको पुरुषमा धोकेबाजी चरित्र हुने अध्ययनको निष्कर्ष छ र यिनै चरित्रका आधारमा महिलाले कुन पुरुष धोकेबाज हो र कुन साँचो प्रेमी हो भन्ने कुराको चाल पाउन सक्छन् । तर महिलाको अनुहार हेरेर धोका वा प्रेमको गन्ध पाउन पुरुष भने असमर्थ हुन्छन् । अस्ट्रेलियामा गरिएको अध्ययनका क्रममा झण्डै २ सय जना स्वयंसेवक परिचालन गरिएको थियो । त्यस क्रममा महिला तथा पुरुषहरुलाई उनीहरुले कहिल्यै प्रेमका धोका दिए वा पाए नपाएको तथा अहिलेको प्रेम सम्बन्धका विषयमा सोधिएको थियो । यसरी सोधेर तस्वीर समेत लिइएका ती व्यक्तिहरुको तस्वीर अरु
व्यक्तिहरुलाई देखाइएको थियो र तस्वीरका ती व्यक्ति कत्तिको धोकेबाज हुन सक्छन् ? भन्ने प्रश्न सोधिएको थियो । त्यस क्रममा महिलाहरुले गरेको अनुमान तुलनात्मक रुपमा सही ठहरियो ।

0 comments:

Post a Comment