विचित्रको रेष्टुरेन्ट : जहाँ पाइन्छ केवल लिंगका परिकार (फोटोफिचर र भिडियो सहित)

हामीले थाइल्याण्डको कण्डम रेष्टुरेन्टका बारेमा विचित्र संसारमार्फत जानकारी पस्किसकेका छौँ । आज फेरी यस्तै अनौठो रेष्टुरेन्टका बारेमा जानकारी प्रस्तुत गर्दैछौँ जहाँ केवल लिंगका परिकार मात्र खान पाइन्छ ।यो सुनेर तपाइँलाई अवश्य पनि आश्चर्य लाग्नेछ तर यो सत्य हो । हो चीनको बेइजिङमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ केवल लिंगका परिकार मात्र पाइन्छ । इतिहास अनुसार यस्तो खालको रेष्टुरेन्ट सबैभन्दा पहिले अमेरिकाको जर्जियास्थित अटलान्टाको चाइनाटाउनमा १९५६ मा स्थापना भएको थियो । गुओ परिवारले आफ्नो सातौँ पिँढीको जेठो छोरो जन्मेको उपलक्ष्यमा लिंग होटल खोलेको थियो । पछि चिनको बेइजिङमा सन् २००६ मा गुओ परिवारले नै भव्य लिंग रेष्टुरेन्ट खोल्यो । यो रेष्टुरेन्टको नाम गुओ ली जुआंग हो । यसका संस्थापक गुओ, उनकी पत्नीको नाम ली तथा छोराको नाम जुआंग भएकाले होटलको नाम यस्तो राखिएको हो ।
यो रेष्टुरेन्टको नारा नै छ, ‘भाँडोभित्रको तागत ।’ यो रेष्टुरेन्टमा मानिसको लिंगको परिकार बनाइने भने होइन । विभिन्न भाले जिवजन्तुका लिंगको मासुका विभिन्न परिकार पाइन्छ । घोँडा,
गधा, कुकुर, हरिण, बाख्रा लगायतका जनावरदेखि लिएर सर्पको लिंगको समेत परिकार यहाँ पाइन्छ । बेइजिङको यो लिंग रेष्टुरेन्टका शाखा चीनका अरु सहरमा पनि खोलिसकिएका छन्
। जनावरका लिंगको मासुका परिकार खाँदा यौन शक्ति बढ्ने तथा तागत समेत प्राप्त हुने अनुभव रेष्टुरेन्टमा आएर खानेहरुको छ । पुरुषमात्र नभएर प्रसस्तै महिलाहरु समेत यी रेष्टुरेन्टमा आएर लिंगका परिकार खाने गरेका छन् ।

0 comments:

Post a Comment