लोदर सिनेमा

नेपाली सिनेमा क्षेत्रलाई यसरी लोदर लाग्न थालेको कृषा चौलागाईको सिनेमा ‘कसम हजुर’को प्रदर्शन शुरु भएदेखि हो । कसम हजुरको प्रदर्शनमा आए पश्यात् सिनेमाहरु एकएक हप्तामा लाग्दै गए र उत्रदै गए । बर्ष ०६७ का जम्मा ५२ हप्तामा ४९ सिनेमाहरु रिलिज भए । अझै उपत्यका बाहिरको प्रदर्शन पश्यात् उपत्यका छिरेका सिनेमाहरु यसबिचमा कति प्रदर्शमा आए भन्ने तथ्य निकाल्न खोज्ने हो भने जो कसैलाई पनि ज्वरो फुट्छ । हिसाबका पानाहरुलाई नपल्ट्याई भन्ने हो भने यसबर्ष बन्नुसम्म फिल्म बने, लाग्नुसम्म लागे र उत्रनुसम्म उत्रिए । यो लगाई र उत्र्याईको बिचमा ‘गोर्खा पल्टन’ यो बर्षकै सुपरहिट सिनेमा बन्न पुग्यो ।यस्तै, बर्ष २०६७ मा ‘कसले चोर्यो मेरो मन’ र ‘फष्टलभ’ यि दुई सिनेमाहरु पनि हिट सिनेमाहरुको लिस्टमा पर्न सफल भए । चैत मसान्ततिर आएर प्रदर्शन प्रारम्म्भ गरेका ‘निगरानी’ र ‘प्रहार’ले भने यतिबेला सिनेमा बजार तताई रहेकै छन् । तर सिनेमा प्रदर्शनमा आएको एक हप्ता भित्रै त्यस सिनेमालाई हिट वा फ्लप भन्न भने मिल्दैन ।
सुपरहिट र हिट सिनेमाहरु

यसबर्षको सुपरहिट सिनेमाको रुपमा ‘गोर्खा पल्टन’ दरियो । यो सिनेमा धेरै चल्यो तर यो गोर्खा पल्टन नभै इन्डियन आइडियल प्रशान्त तामाङ्ग चलेका हुन् । प्रशान्तलाई इन्डियन आईडियल बनाउन अघि सरेका हातहरुले खरिद गरेको टिकटकै कारण यो फिल्म सुपरहिट भयो । गोर्खा पल्टन त चल्यो तर सिनेमाका क्याप्टेन अर्थात् निर्देशक नारायण रायमाझीको नाम कतै चलेन । गोर्खा पल्टन चलेकै कारणले अघिल्लो सिनेमा ‘कोही मेरो’बाट डुब्नुसम्म डुबेका निर्माताद्धय सुरज बंशल र राजेश वंशलले पनि केहि राहतको महशुस गरे । तर पनि यतिबेला उनीहरु नेपाली सिनेमा निर्माण गर्न भनेपछि सय कदम पछि हटिरेहेका छन् । उनीहरुको हातबाट अब हत्तपत्त नेपाली सिनेमा निर्माण हुदैन । वंशल दाजुभाई मात्रै सिनेमा निमाणबाट भागिरहेका छैनन् यता यसबर्षको अर्को सफल सिनेमा फस्टलभका निर्माता माधव वाग्ले पनि सिनेमा निर्माणबाट टाढा सरिरहेका छन् । फिल्म सफल भएपनि पैसाजति हलले नै कुम्ल्याएको उनले आरोप लगाएका छन् ।

सुपर फ्लप सिनेमा
बर्ष ०६७ मा एक सिनेमा पनि रिलिज भयो, ‘हासिदेऊ एकफेर’ । यस सिनेमा प्रदर्शन अघि निकै चर्चामा रह्यो तर जब सिनेमा रिलिज भयो दर्शकहरु एकफेर त टाढाको कुरा आधी फेर पनि हासेनन् । मह जोडीलाई लिने बित्तिकै सिनेमा सफल हुन्छ भन्ने सोचलाई यस सिनेमाको ब्यापारले उल्टो बनाईदियो । यस सिनेमाको कारणले निर्माता त डुबे नै महको फिल्मी करिअर पनि चौपटै भयो । यस्तै सिनेमा ‘कहा भेटिएला’बाट थुप्रै तारिफ बटुलेकी नायिका श्वेता खड्कालाई पनि यस सिनेमाको ब्यापारले डुब्न बाध्य बनाईदियो । त्यसो त यसबर्ष फ्लप भएका सिनेमाहरुको चर्चा गर्ने हो भने धेरै दिनहरु ढल्न सक्छन् । तर हासिदेऊ एकफेर यसरी फ्लप भयो कि बर्ष २०६७ का अरु सबै फ्लप सिनेमाहरु यसका अघि फिक्का देखिए ।
नजमेकी मनिषा
यस्तै फेरी भेटौंला भनेर बलिउड छिरेकी नायिका मनिषा कोइरालाको ‘धर्मा’ नामक सिनेमा मार्फत् भएको पुनरागानलाई पनि नेपाली दर्शकहरुले रुचाएनन् । उमेर छउन्जेल बलिउडमा रमाएकी मनिषाको ढल्कदो उमेरलाई उनीहरुले रुचाईएन् । मनिषाको सिनेमाले चर्चा नपाएपनि बिवाहको प्रसङ्गले भने निकै चर्चा बटुल्यो । सम्राट दाहालसंग बिवाह बँधनमा बाधिएपछि उनी बिवाहित त भइन तर उनको बिवाहको सुखद समाचार धेरै दिन टिक्न भने सकेन । बिवाह गरेको दुई महिनामै सम्राट र मनिषा छुट्टिने कुराले पनि निकै चर्चा पायो तर त्यो चर्चा चर्चामै सिमित रह्यो ।
आशलाग्दा सिनेमा

बर्ष ०६७ मा रिलिज भएका सिनेमाहरु ‘बाटो मुनिको फुल’ र ‘ब्याच नं १६’ ले आश लाग्दो ब्यापार नगरेता पनि यि सिनेमाहरुको चर्चा निकै भयो ।

चलेका गीत संगीत
चैत मास खडेरीमा डडेलोले बनै खायो, यो गीतले भने जस्तै भयो बर्ष ०६७ मा नेपली सिनेमाका गीत संगीतको चर्चा र बजार । यस बर्ष जति फिल्महरु रिलिज भए, एउटा सिनेमाको लगभग चारवटा गीतका हिसाबले गणना गर्ने हो भने दुई सय भन्दा बढि गीतहरु फिल्मी बजारमा आए । तर दुभाग्र्यको कुरो, ती दुई सय गीतहरु मध्ये पाचवटा गीतर पनि राम्रोसंग चलेनन् । बरु ‘मुन्नी बदनाम हुई’ र ‘शिलाकी जवानी’ले नै नेपाली बजार तताईदियो । यसरी हेर्दा बर्ष २०६७ नेपाली फिल्मी गीत संगीतका खागि खडेरी बर्षकै रुपमा रह्यो । । यद्यपी तानतुन पारेर हेर्ने हो भने महेश खड्काद्धारा संगीतबद्ध ‘नाई नभन्नु ल’ बोलको गीतले बजार भन्दा बढि सिआरविटी ततायो । यस्तै कुनै बेलाका नम्बर १ संगीतकार सुरेश अधिकारी यस बर्ष एउटै गीतबाट आफ्नो अस्तित्व जीवित राख्न सफ भए । त्यो गीत हो, कसले चोर्यो मेरो मनको शिर्ष गीत । यता बर्षकै सफ सिनेमा गार्खा पल्टनको शिष गीत पनि सफ मानियो, जसका संगीतकार बी.बी अनुरागी थिए । यस्तै अर्का संगीतकार बसन्त सापकोटाले पनि यो बर्ष काम त थुप्रै पाए तर उनका गीत भने खासै चलेनन् भन्दा फरक नपर्ने स्थिति देखिन्छ । यद्यपी बसन्त अहिले पनि आफ्नो उहि तिन चार बर्षे पुरानो तर सफल गीत ‘सागर सरी चोखो माया’को बासुरी बजाई नै रहेका छन् । यता कुनै बेलाका गोल्डेन टच संगीतकार शम्भुजित बास्कोटाका गीतहरु पनि पुरानै ढर्राकै भएका कारण चर्चामा आउन सफल भएनन् तर गायक तथा संगीतकार सुगम पोखरेलको संगस्त रहेको गीत संगीले राम्रै चर्चा बटुल्यो यो बर्ष । जुन गीत सिनेमा ब्याच नं १६ को थियो ।
चर्चामा रहेका गायक गायिका
ब्याच नं १६को संगी बोलको गीत गायकै कारण गायक शिव परियार यो बर्ष चर्चामा रहे । शिवका अलावा दिपक लिम्बु, यश कुमार, बाबु बागटी, प्रशान्त तामाङ्ग आदि गायकहरु आफ्नो एकदुई गीतका कारण चर्चामा रहे ।गायिकाको कुरा गर्दा अन्जु पन्तको ठाउ लिने यो बर्ष पनि कोही नन्मिएनन् । अन्जुका अलावा अर्की गायिका रजिना रिमाल पनि चर्चा मै रहिन् । यि दुईलाई छाडेर दाजिलिङ्गकी सानी गायिका प्रकृति गिरीको चर्चा ब्यापक भयो । यिनले यश कुमारसंग मिलेर गाएको गीत ‘तिमीलाई कुनै पल’ले निकै चर्चा पायो ।
हिरो अफ दि इयर
बर्ष २०६७ मा नया पुराना गरी थुप्रै हिरोहरु नेपाली रजतपटमा देखा परे । सिनेमा खेलेको संख्याका आधारमा हेर्ने हो भने बिराज भट्ट नै यो बर्षको ‘हिरो अफ दि इयर’ हुनुपर्ने हो । तर संख्या मात्र बढाएर हिरो अफ दि इयर भईन्न, त्यसका लागि तर सिनेमाहरु सफल पनि हुनुपर्यो । ब्यापारको आधारमा हिरोको मुल्याङ्कन गर्नुपर्दा प्रशान्त तामाङ्ग नै यो बर्षको हिरो अफ दि इयर हुनुपर्ने हो तर उनी कहिं कतैबाट हिरो जस्तो देखिंदैनन् र उनको छाप ईन्डियन आइडियलको छ, वास्तवमा उनी गायक नै हुन् । त्यसो भए बर्ष २०६७ को हिरो अफ दि इयर को हुन् त ?

अनलक्की हिरो अफ दि इयर
यता, सातवटा सिनेमामा हिरोको रुपमा देखिएका राजबल्लभ कोइरालाको यसबर्ष लकले साथ दिएन् । राजका फिल्महरुले पानी माग्नु त टाढाको कुरा साससम्म पनि फेर्न सकेन ।अर्का नायक सुमन सिंह पनि बर्षभरी नै छाईरहे तर उनका फिल्महरुले पनि खासै उपलब्धि हासिल गर्न सकेनन् । तैपनि अभिनय क्षमताको आधारमा कुरा गर्दा सिनेमा ब्याच नं १६ मा भने उनले न्वारन देखिकै बल लगाएर काम गरेका छन् । सम्भवत सुमनको हालसम्म कै फिल्मी करिअरमा यो नै उनको सबेभन्दा उत्कृष्ट अभिनय रहेको फिल्म होला ।
आशलाग्दा नवनायक यस्तै थुप्रै नवनायकहरु यस बर्ष रजतपटमा उदाए तर यिनीहरुको आगमन दुई रेक्टर सकेलको भुकम्प जस्तै भयो, कहिले आए कहिलेृ गए थाहै भएन । यद्यपी बाटो मुनिको फुलबाट उदाएका दुई नवनायकहरु यश कुमार र बाबु बोगटीको अभिनय क्षमताको चर्चा यसबर्ष निकै भयो । यस अर्थमा यि दुबै नायकहरु सम्भावना बोकेका नायकहरुका रुपमा देखिएका छन् । यस्तै सिनेमा ब्याच नं १६ मा खलपात्रका रुपमा देखिएका अर्पण थापाले पनि सिनेमा प्रदर्शनमा रहुन्जेल राम्रै प्रशंशा बटुले । नेगेटिभ हिरोको रुपमा अर्पण थापाको खोजी अब भैरहनेछ भन्ने हामीलाई लाग्या छ ।
हिरोइन अफ दि इयर

बर्ष २०६७ मा नायिकाहरुको संख्या पनि उल्लेखनिय नै रह्यो । तर ब्यवसायिकताको कसीमा दाज्दा रेखा बाहेक अरु सबै नायिकाहरुको स्थिति उस्तै भयो । रेखाको सिनेमा कसले चोर्यो मेरो मन ब्यवसायिक रुपमा सफल भएकै कारण उनी नै यस बर्षको हिरोइन नं वनको रुपमा रहिन् । यि बाहेक सिनेमाहरु बाटो मुनिको फुल, गंगाजल, शासन, प्रहारमा पनि रेखाको उपस्थिति राम्रै देखियो । यस अर्थमा पनि उनलाई बर्ष २०६७ की हिरोइन अफ दि इयरका रुपमा मान्यता दिदा फरक नपर्ला ।
सिफारिसकी हिरोइन
संख्याका आधारमा हेर्ने हो भने रेखापछि जेनिषा केसीको नाम आउछ । तर जेनिषा आफैमा दम भएकी हिरोइन भने होइनन् । किनकी कसैको बुई चढ्दैमा हिरोइन होइदैन । कुरा नलुकाई गर्दा जेनिषा कसैकी सिफारिसकी हिरोइन हुन् ।रेखापछि कुनै नायिकाको नाम आउछ र लिनुपर्छ भने त्यो नाम हो निशा अधिकारी । उनी अभिनित सिनेमा फस्टलभ यस बर्षको सफल सिनेमा मध्ये एक हो । यस सिनेमापछि निशालाई थुप्रै सिनेमाहरुबाट अफर आएतापनि त्यस पश्यात् फिल्म सम्बन्धि अध्ययन गर्न उनी अमेरिका छिरेकीले अन्य फिल्महरुमा काम गर्न भने पाईनन् । यद्यपी निशा यतिबेला नेपालमै छिन् र थुप्रै सिनेमाहरुमा अभिनय गर्ने तरखरमा पनि छिन् । अर्की नायिका झरना थापाको पनि यस बर्ष थुप्रै सिनेमाहरु प्रदर्शनमा आए तर ब्यवसायिक हिसाबले कुनै पनि सफल भएनन् । गत बर्ष नं वन नायिकाको ताज पहिरिन सफल यि नायिका यस बर्ष निकै तल परिन् । अन्य नायिकाहरुमा अरुणिमा, संचिता, युनाको स्थिति पनि उस्तै रह्यो । अर्की अभिनेत्री रेजिना पनि एउटै ड्याङ्गको मुलाकै रुपमा रहिन् किनकी उनको महत्वकाङक्षी सिनेमा ‘चिनो’ पनि असफ नै ठहरियो ।
अनलक्की हिरोइन अफ दि इयर
सदा झैं यसबर्ष पनि नायिका गरिमा पन्त अनलक्की हिरोइनकै रुपमा रहिन् अर्थात् उनका कुनै पनि सिनेमाले बजार तताउन सकेन् । जबकि गरिमाले सोलो हिरोइनको रुपमा थुप्रै सिन्माहरुमा काम गरिन् । तर नुन नहालेको अचार जस्तै भयो उनको उपस्थिति । उषा पौडेलका् त यसबर्ष पलायनको बर्षनै सावित भयो । उनी यतिबेला मुम्बईमा छिन् । के गर्दैछिन् त्यो त उनैलाई थाहा होला ।
आशलाग्दा नवनायिका
बर्ष २०६७ मा थुप्रै नवनायिकाहरुको चुरीफुरी देखियो नेपाली रजतपटमा । त्यस मध्ये कत्तिको चुरीफुरी चुरीफुरी मै सिमित रह्यो भने केहि नवनायिकाहरु राम्रै सम्भावना बोकेका नवनायिकाहरुका रुपमा गनिन पुगे ।
त्यसमध्ये सबैभन्दा बढि चर्चा केकी अधिकारीको भयो । थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेकी केकीलाई रेखा थापाको कुर्सी खोस्न सक्ने नायिकाको रुपमा लिईएको थियो तर केकीको डेब्यु सिनेमा स्वरको असफलताको कारणले गर्दा उनलाई ठुलो धक्का लागेको छ । तथापि केकी मैदान छोडेर भाग्ने पक्षमा भने रहेकी छैनन् ।

सम्भावना बोकेका दुई नायिकाहरु
यसैबर्ष दुई नवनायिकाहरुको सिनेमा रिलिजमा नआए पनि चर्चा भने कम भएन । ती नायिकाहरु हुन्, निता ढुङ्गाना र सुमिना घिमिरे । निताको तुलनामा सुमिना पत्र पत्रिकाहरुमा निकै छँईन तैपनि निताको चर्चा पनि कम छैन । अब यि दुईमध्ये बाजी कस्ले मार्ने हो त्यो हेर्न भने अर्को सालसम्म कुर्नै पर्ने हुन्छ ।
0 comments:
Post a Comment