चरीहरु त च्वाँक च्वाँक छन् कि क्या हो चलचित्रको प्रोमो सार्वजनिक? (भिडियो)


जेठ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तराल’ को प्रोमोले धेरैमा आशा जगाएको छ । चलचित्रमा गाउँबाट थुप्रै सपना बोकेर शहर आएका युवाहरुको कथालाई देखाउन खोजिएको छ ।महिला निर्देशक दीपा बस्नेतले निर्देशन गरेको यो सिनेमा जीवनसाथी फिल्मस्को व्यानरमा तयार भएको हो । प्रोमोले सिनेमामा केही नयाँ स्वाद छ भन्ने कुरा झल्काउन खोजेको छ । चलचित्रमा कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, अशिष्मा नकर्मी, मानव सुवेदी, जेशिका बोगटी लगायतका कलाकारको अभिनय छ । बीबी बस्नेत र डाक्टर लक्ष्मीकान्त पाण्डेको निर्माणमा तयार भएको यो सिनेमामा शशी विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन, अभिमन्यू निरबीको लेखन छ । ‘जीन्दगीमा सुन्दर रंग मात्र छैन, धेरै दुख पनि छ’ भन्ने
बिषयलाई ‘अन्तराल’ ले देखाउन खोजेको छ । चलचित्रको प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा पनि बढेको छ ।

0 comments:

Post a Comment