लोडसेडिंगको समस्याले मोबाइल चार्ज भाको छैन चिन्ता नगर्नुस आयो बिजुली नचाहिने मोबाइल चार्जर

मोबाइल लिनेहरुका लागि सबै भन्दा महत्वपूर्ण कुरा हो ब्याट्रीले कति समय सम्म धान्छ। हरेक मोबाइल खरिदकर्ताले बिक्रेतासँग सोध्ने प्रमुख प्रश्न पनि यहि हो कि मोबाइल एक पटक चार्ज गरेपछि कति घण्टा समय सम्म चलाउन सकिन्छ। स्मार्टफोनमा रहेका इन्टरनेट चलाउने अनि गेम खेल्ने सुविधाका कारण मोबाइल धेरै चलाइने हुँदा त्यसको ब्याट्री ब्याकअप पनि कम हुने गर्दछ। त्यसैले मूल्य केही महँगा भएका मोबाइल फोनहरुमा लामो समय ब्याकअप दिने ब्याट्रीहरु रहेका हुन्छन्। नेपाल जस्तो लोडसेडिङ हुने देशमा त मोबाइल नै कम्प्युटरको विकल्प भएकाले लामो समय सम्म चार्ज टिक्नु र टिकाउनु आवश्यक हुन्छ। नेपालका स्मार्टफोन लिने रसामाजिक सञ्जालमा जोडिइरहनेहरुका लागि त बिजुलीको अभाव सबै भन्दा पीडादायी कुरा हो। बिजुली नभएका स्थान तथा लामो यात्रामा निस्कनेका लागि भनेर उत्पादन गरिएका आपतकालिन मोबाइल चार्जरयस्तो लामो समयको लोडसेडिङमा प्रयोग गर्न सकिन्छ।यस्ता आपतकालिन चार्जका बारेमा त सुन्नु भएको नै होला। जुन पहिले नै चार्ज गरेर राखिएको हुन्छ। ती बाहेक यस्ता पनि चार्जर छन् जसलाई न कहिल्यै चार्जगर्न पर्छ न त बिजुली नै चाहिन्छ। आफै बिजुली उत्पादन गर्न सक्ने क्षमता भएका यस्ता चार्जरलाई सेल्फ पावर्ड चार्जर भनिन्छ। जसमा हुनेडाइनामोले चार्जर भित्रै विद्युतशक्ति उत्पन्न गर्छ। आपतकालिन उर्जाका क्षेत्रमा काम गरिरहेको अमेरिकी कम्पनी एसओएसरेडीले यस्तो आपतकालिन मोबाइल चार्जर उत्पादन गरेको छ जसलाई चार्ज गर्न नै पर्दैन। यो आफैले बिजुली उत्पादन
गर्छ। जसबाट सजिलै मोबाइल चार्ज गर्न सकिन्छ। यो चार्जरमा एउटा हेण्डल रहेको छ। जसलाई घुमाउँदा यो भित्र रहेको डाइनामोले विद्युत उत्पादन गर्दछ।तीन मिनेट हेण्डल घुमाउँदा फोनमा आठ मिनेट सम्म कुराकानी गर्न पुग्ने विद्युत उत्पादन हुन्छ। यो चार्जर धक्का लाग्दा वा भुइँमा खस्दा पनि नबिग्रने गरेर बनाइएको छ। विशेष यात्राका लागि बनाइउको हुनाले यो कहिँ कतै खसिहालेको खण्डमा पनि बिग्रने वा सजिलै फुट्ने हुँदैन। यसले मोबाइल चार्ज मात्र गर्दैन यो आफैमा एउटा र्टच लाइट पनि हो। यसमा ५० हजार घण्टा लाइफ भएका लिड बल्बहरु रहेका छन्। जुन कहिल्यै फेर्न पर्दैन। यसले धेरै चिसो ठाउँहरुमा पनि राम्रोसँग काम गर्न सक्छ। हिमाली यात्रामा निस्कँदा तथा उच्च पहाडी क्षेत्रमा पनि यसबाट मोबाइल चार्ज गर्न सकिन्छ। यो चार्जर पानी भित्र डुबे पनि केही फरक पर्दैन। यसको डिजाइन पानीले भिज्दा पनि नबिग्रने किसिमले गरिएको छ। यो खरिद गर्दा चार्जरसँग सबै खालका मोबाइल चार्ज गर्न सकिने युनिभर्सल एडप्टर र चार्जिङ केबलसँगै पाइन्छ। यसको मुल्य जम्मा ३० डलर अर्थात् दुईहजार ६ सय ५० मात्र पर्दछ।

0 comments:

Post a Comment