डाक्टरले भने : ब्रा बेकार छ, वक्षस्थल बिगार्छ

फ्रान्सका एक स्पोर्टस् डाक्टरले महिलाले लगाउने ब्रा बेकारको चिज रहेको र महिलाले ब्रा लगाउन नहुने बताएका
छन् । १६ वर्षसम्म महिलाहरुको अध्ययनबाट निस्केको निष्कर्ष भन्दै ६२ वर्षका ज्याँ डेनिस रुइलाले ब्रा ले स्तनलाई सुन्दर राख्ने नभै उल्टै ब्रा लाई सुडौल राख्ने तथा सुन्दर बनाउने मांशपेशीलाई कमजोर बनाउँछ । अर्थात् ब्रा लगाउँदा वक्षस्थल कुरुप तथा खुकुलो बन्दछ । एक रेडियो अन्तरवार्ताका क्रममा उनले भनेको यो कुराले अहिले निकै चर्चा पाएको छ । रुइलाको अध्ययनमा समावेश गरिएकी २८ वर्षकी कापुचिन नामकी महिलाले आफुले ब्रा लगाउन छाडेपछि स्वतन्त्रताको अनुभुति गरेको बताइन् । ब्रा नलगाउँदा स्वास फेर्न तथा जिउलाई सिधा राख्न तथा कम्मरको दुखाई क मगर्न पनि सघाउ मिलेको उनको भनाइ छ । रुइलाले कापुचिन सँगै १८ देखि ३० वर्षका ३३० जना महिलामा अध्ययन गरेका थिए ।
उनका अनुसार सानै उमेरदेखि ब्रा लगाउँदा वक्षस्थलको सुन्दरता झनै घट्छ जबकी ब्रा नलगाउँदा वक्षस्थल सुडौल बन्छ ।

0 comments:

Post a Comment