महानायक सुत्छन् दश लाखको पलङमा

बैंशमा समेत विलासिताको बस्तुबाट टाढा रहेका महानायक राजेश हमाललाई आधा उमेर वितेपछी ती बस्तुले आकर्षित गर्न थालेको छ । धरानकी मधु भट्टराईसंग विहेको तयारीमा रहेका हमालले डेढ बर्षको हुँदा देखि सुत्दै आएको पलङलाई परिवर्तन गरी दश लाख मूल्यको सुविधा सम्पन्न पलङ भित्राएका छन् ।यहाँ प्रसङ्ग सस्तो र महंगो सामानको हैन महानायकको बिहेको प्रसङ्ग जोड्न लागेका हौ । हमाल त्यस्ता स्वभावका ब्यक्ति हुन जसलाई विलासिता प्रति कुनै ईन्टेष्ट छैन तर जव उनी मधुको प्रेम रसमा डुबे त्यसको केही समय पश्चात उनले आईफोन (मोबाईल) पनि बोक्न थाले जुन बोकाई दश बर्ष पश्चातको थियो उनको जीवनमा ।
महंगो पलङ भित्राएको खबर सम्बन्धमा फिल्मीखबरले थाहा पाएपछी महानायकका सहयोगी चिरञ्जीवी
आचार्यलाई सोधियो कतै विहेको तयारी त हैन यति महंगो पलङ ? जवाफमा उनले हाँस्दै भने, 'फिल्म हेर्दै जादा जसरी कास्टिङ सुरूमा आउछ सोही अनुरूप यो बिषयमा तपाई आफै अनुमान लगाउनुस् । तर बिहे कहिले हुन्छ भन्ने बिषय अलि पछि थाहा हुनेछ ।'यस्तै चिरञ्जीवीका अनुसार डेढ बर्षको हुँदा देखि बुबाले सुताएको पलङ कमजोर भएकाले त्यसलाई सुरक्षित तरिकाले सजाउन हमालले नयाँ पलङ किनेका हुन् । तर किन महंगो नै किनियो भन्ने प्रश्नमा चिरञ्जीविले उत्तर दिएनन् । कलेजी रङ्गको डबल बेडको पलङ भित्राएका मात्र हैनन् हमालले बास्तु हेरेर आफ्नो निजी कोठाको डेकोरेशन पनि परिवर्तन गरेका छन् । यो बिषयमा चिरञ्जीवी भन्छन्, 'पचास बर्ष हुन लागेछ दादाको रूमको डेकोरेशन एउटै भएको त्यसैले यि सवै कार्य गरिएका हुन् ।'सिनेमा क्षेत्रमा लागेपछी पितासंग नमिलेका हमालले आफ्नो स्वर्गीय बाबुको सम्मान स्वरूप बेडलाई घरकै एउटा कोठामा म्यूजिम खडा गरी राख्ने तयारी गरेका छन् । जहाँ आफूलाई बाबुले दिएको विभिन्न सामान सुरक्षित गरेर राख्ने उनले सोच बनाएका छन् । गर्लफ्रेण्डका लागि महाराजगंञ्जमा स्कुटी र फ्ल्याट समेत किनिदिएका हमालले अब उनलाई दुलही बनाउने प्रबल सम्भावना रहेको महंगो पलङ किनाईबाट हामीले अनुमान लगाएका छौ । तर महानायकले किनेको दश लाखको पलङ सम्बन्धमा तपाई के भन्नु हुन्छ ? प्रतिक्रिया जनाउनुस् ।

0 comments:

Post a Comment