छोरी भन्दा तरुनी करिश्मा

‘छोरी भन्दा आमा तरुनी लिपिष्टक पाउडरले, लान्छ क्यारे घुमाउन झिल्के डाइभरले ।’ लोक गायक कुमार वस्नेतले धेरै बर्ष पहिले गाएको यो लोकगीतको मर्म नायिका करिश्मा मानन्धको जीवनमा पनि प्रतिबिम्बित भएको छ ।एक कार्यक्रममा सँगै देखिएका करिश्मा र उनकी छोरी कवितालाई देख्दा लाग्थ्यो, छोरी भन्दा आमा तरुनी भनेको यही नै हो । हुन त कविताको सुन्दरतामा पनि खोट लगाउने ठाउँ छैन । तर पनि करिश्माको सुन्दरता अझै पनि उस्तै छ । लामो समयसम्म नेपाली सिनेमा खेलेर अमेरिका पुगेकी करिश्मा पुनः नेपाली रजतपटमा आफ्नो पकड जमाउन लागी परेकी छिन् । तर पनि उनको सुन्दरताको बयान हरेकले गर्छन् । बिभिन्न ठाउँमा पुग्दा नायक राजेश हमालले समेत करिश्माको सुन्दरताको बयान गर्न भुल्दैनन् ।


उमेर ४० वर्ष नाघिसक्दा समेत नायिका करिश्मा मानन्धरको उत्तिकै सुन्दर र फुर्तिली देखिन्छिन् । एक कार्यक्रममा नायिकाहरुसँग जम्काभेटमा करिश्माले नायिकाहरुलाई कति राम्रो देखिएको भन्दै फुर्काएकी थिईन् । सो समयमा नायिकाहरुले करिश्मालाई तपाइर्ंको नै प्रेरणा हो भनी जवाफ फर्काएका थिए ।

यसरी नायिकाहरु पनि उनकै सुन्दरता देखेर मोहित छिन् । हुन त अमेरिकाबाट नेपाली सिनेमा क्षेत्रमा फर्किएपछि करिश्माको अभिनयको राज खासै चम्केको भने छैन । तर पनि सुन्दरतामा भने करिश्मा चम्केकी नै छिन् । नायिका मानन्धरको छोरी कविता हाल १८ वर्षको भईन् । कविता सानोमा छँदा खासै सार्वजनिक कार्यक्रममा देखिँदैन थिईन् ।

तर, पछिल्लो समयमा उनी धेरै जसो कार्यक्रममा देखिन थालेकी छिन् । करिश्माले छोरीलाई सँगै लिएर हिड्न पनि थालेकी छिन् । सुन्दर करिश्मालाई देख्दा धेरैले भन्छन्, ‘छोरी भन्दा आमा तरुनी ।’

0 comments:

Post a Comment