माल्भिका सुब्बाको विवाह आज

१३ बैशाख। नायिका एवं पूर्व मिसनेपाल माल्भिका सुब्बाको आज विवाह हुँदैछ । उनले आफ्नो लामो समय देखिको प्रेमी रियाज श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । पछिल्लो समय प्राय सबै कार्यक्रमहरुमा माल्भिका र रियाज सँगै देखिँदै आएका छन् । उनीहरुबीच पहिलो पटक अमेरिकामा भेट भएको बताइएको छ । यी दुईजनाको अफेयरबारे मिडियामा लामो समयदेखि हल्ला चलेको थियो । र विगत महिना दिन देखिनै छिट्टै बिहे हुने भनेर हल्ला समेत थियो।काठमाडौंमै भव्य जमघट र पार्टीका बीच यी दुईको विहे हुन लागेको बताइएको छ।लिम्बु समुदायकी माल्भिका र नेवार समुदायका रियाजवीचको अन्तरजातीय बिबाहमा दुवै बिधि अपनाइने बताइएको छ।बिहेको शुभ साइत राती साढे ९ बजेका लागि निस्किएको छ । बिबाहकर्मपछि उनी आजै बाँसबारीबाट पुल्चोकस्थित रियाजको घर जानेछिन् ।

0 comments:

Post a Comment