आर्यनको अघि रेखा लुत्रुक्क पर्दा

नायक आर्यन सिग्देलको नाम मुखवाट निस्केला कि जस्तो गर्ने नायिका रेखा थापाको व्यवहार केही दिन यता परिवर्तन भएको छ । नायक आर्यन सिग्देसँग अंकमाल समेत गर्न नमान्ने रेखा अहिले आर्यनको नाम फर्की फर्की, सम्झी सम्झी लिन थालेकी छिन् । केही दिन अघि काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा हात मिलाएपछि रेखाले आर्यनसँग दोस्तीको हात अघि वढाएकी थिइन् । उनले, उक्त समयमा आर्यनको अभिनयको प्रशंसा खुवै गरेकी पनि थिईन् । त्यसको केही दिन वित्न नपाउँदै रेखाले काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा आर्यनलाई यसरी सम्भिmन कि के भन्ने ? चलचित्र कसले चोर्यो मेरो मनवाट उत्कृष्ट नायिकाको
अवार्ड जितेपछि स्टेजमा पुगेकी रेखाले केही शब्द वोलीन् ।उनले वोल्दै गर्दा, आर्यनको नाम उनको मुखवाट फुत्केन । जव केही शब्द राखेर उनी स्टेजावट उत्रदै थिईन्, उनलाईआर्यनको याद आयो । यसपछि, पुन उनी स्टेजमा पुगिन् र भनिन्, धन्यवाद आर्यनलाई पनि, अघि संझिन भुलेछु यसका लागि सरी । यति भनेर रेखा स्टेजवाट ओर्लीएकी थिईन् । आखिर, आर्यनको नाम सम्झी सम्झी लिन रेखाले किन जरुरी ठानिन् ? के रेखा अव आर्यनसँग नजिकीन चाहन्छिन् ? रेखासँग वोलचाल नभए पनि आर्यनको क्रेज नेपाली सिनेमा क्षेत्रवाट घटेको छैन ।अहिले आर्यन ८ लाख पारीश्रमीक लिने भैसकेका छन् । यसैले पनि आर्यनको वढ्दो क्रेज र आफ्नो घट्दो क्रेजलाई हेरेर रेखाले आर्यनलाई अंगाल्न खोजेको हुनसक्छ । कार्यक्रम सकिएपछि गरिएको फोटोसेसनमा पनि आर्यन छेउमै वसेकी रेखाको शिर निहुरीएको थियो । उनले,क्यामेरामा राम्रोसँग हेरेकी पनि थिईन् । उनकै छेउमा वसेका आर्यन भने मुस्कुराईरहेका थिए । आखीर, आर्यनको छेउँमै वस्दा रेखाको शिर किन झुक्यो ? यो त रेखाले नै जानुन् । रेखालाई यसरी शिर निहुराएको सुहाएको थिएन । तर, पनि रेखाको शिर उठ्न भने सकेन । यसरी फर्की फर्की आर्यनको नाम लिनु अनि उनकै अघि पर्दा लुत्रुक्क पर्नुले के रेखा थापा अव आर्यनसँग मित्रता गास्न चाहन्छिन् भन्ने नै हो त, प्रश्न रेखाकै लागी ?

0 comments:

Post a Comment