१८ वर्ष भन्दा कम उमेरकाले हेर्न नपाइने नेपाली चलचित्र 'रातकी रानी' प्रदर्शनको तयारीमा

यथार्थ घटनामा आधारित भनेर डान्स बारमा काम गर्ने युवतीहरुको कथामा निर्माण गरिएको फिल्म ‘रातकी रानी’ (नाईट क्विन) यही जेष्ठ २६ गतेबाट प्रदर्शन आऊने भएको छ।डान्स बारमा काम गर्ने नेपाली युवतीहरूको पीडा र बाध्यतालाई यस फिल्ममा चित्रण गरिएको बताइएको छ । राजेश हमाल यस फिल्ममा डान्स बारमा काम गर्ने युवतीहरुको बारेमा अनुसन्धान गरेर किताब लेख्दै छन् भने कल्पना शाही, ज्योत्सना भट्ट, उषा खरेल यस फिल्ममा डान्सरको रुपमा देखिन्छन ।यस फिल्ममा हसन खान र शान्ति गिरी पनि मुख्य भूमिकामा देखिन्छन।तर यो चलचित्रलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ, यो चलचित्रलाई नेपाली कानुन अनुसार १८ वर्षभन्दा मुनका दर्शकले हेर्न पाउने छैनन्। यसअघि पनि चलचित्र 'चपली हाइट'ले पनि एडल्ट सर्टिफिकेट पाएको थियो। चलचित्र रातकी रानीको ट्रेलर यस्तो छ..

0 comments:

Post a Comment