आखिर के हो ? ‘The Last Kiss’

अहिले चलचित्र बजारमा चाहेर होस् या नचाहेर होस् नेपाली चलचित्र ‘द लास्ट किस’को चर्चा चलिरहेको छ। कसैले पोर्न चलचित्र भनेर ब्याख्या गरेका छन् कसैले अश्लिल चलचित्र भनेका छन्, भने कसैले ‘ग्रेड बि’ भनेर भनेका छन् अझ कसैले नेपाली चलचित्र ‘लुट’ र ‘चपली हाईट’ बाट प्रभाबित भनेका छन्। छाडा शब्द प्रयोग गरिएको ‘लुट’ र यौन मनोविज्ञान भनिएको ‘चपली हाइट’ पछि सेक्स थ्रिलरको रूपमा हेरिएको चलचित्र ‘द लास्ट किस’ हो। बजारमा चर्चा चलेको कुरालाई लिएर हामीले यस फिल्ममा निर्माता राज शिरिष सँग गरिएको कुराको केहि अंश:
Q – राज जी तपाइको चलचित्र ‘द लास्ट किस’लाई चलचित्र बजारमा पोर्न चलचित्र या अश्लिल चलचित्र भनेर हल्ला चलेको छ, के साच्चै यो चलचित्र यस्तै छ त ?
A – ‘द लास्ट किस’ एउटा वोमन बेस चलचित्र हो जसमा नारी समबेदना र नारीले पनि केहि गर्न सक्छ भन्ने कुरा उठाएका छौ। यो चलचित्रको ट्रेलरलाई जसरी मूल्यांकन गरिएको छ त्यो गलत हो।

Q – आखिर के हो त ‘द लास्ट किस’ ?
A – ‘द लास्ट किस’ एउटा रिभेन्ज सिनेमा हो जसमा एउटा श्रीमतीले आफ्नो श्रीमानको हत्याको बदला लिन्छ। हुन त हाम्रो समाजमा यस्ता घटना घटेको छैन तर पनि बाच्नका लागी मान्छेले जे गर्नु पर्छ त्यो सब एउटा महिलाले पनि गर्न सक्छ भन्न खोजेका छौ। फिल्म चलाउनलाई हामीले अनावश्यक ग्यामर राखेको छैन। एउटा श्रीमान श्रीमतीमा भएको कुरालाई देखाएका छौ जुन अहिलेको समय सान्दर्भिक छ।
Q – उसो भए के अहिले बजारमा चलेको सब कुरा भ्रम मात्र हो त ?
A – भ्रम होइन हामीलाई नराम्रो हुने गरी फिजिइएको हल्ला मात्र हो। हामी सानो प्रोडक्सन हाउस र सानो बजेटमा बनाइएको सिनेमा भएर होला हामीलाई नराम्रो कमेन्ट गरेका छन्।
Q – आफ्नो चलचित्र लाई त सबैले राम्रो नै भन्छ नी होइन र ?
A – हामीले यो चलचित्रमा एकदम दुख गरेका छौ। यो चलचित्रको कन्सेप्ट एकदम नौलो छ र यसमा सामाजिक घटना पनि छन्। यो कुनै चलचित्र बाट कपि गरिएको छैन र यो पोर्न सिनेमा पनि होइन।
Q – अहिले सानो बजेटकै चलचित्रले बजार तताई रहेको छ तपाई कतिको आशाबादी हुनुहुन्छ ?
A – एकदमै आशावादी छु, हामीले मिहेनत गरेको फल मिल्नेछ। कमर्सियल भन्दा पनि दर्शकहरुले मन पराइदिनु हुनेछ भन्ने आशामा छु।
Q – तपाइको चलचित्रलाई ‘बि ग्रेड’को चलचित्र भनेर हल्ला छ नी ?
A – खै अहिले सम्म नेपालमा ‘ए ग्रेड’ ‘बि ग्रेड’ भनेर चलचित्रलाई छुटाएको छ जस्तो लाग्दैन। त्यस्तो सिस्टम नै छैन र भए पनि अहिले सम्म कार्यान्यन हुन सकेको छैन। कस्तो खालको फिल्म लाई ‘बि ग्रेड’को फिल्म भन्ने? के सानो बजेटको फिल्म लाई ‘बि ग्रेड’ भन्ने .. त्यसो भए त ‘चपली हाईट’ लाई पनि ‘बि ग्रेड’को फिल्म भन्ने ???
Q – छाडा शब्द र सेक्स प्रयोग गरेर ‘लुट’ र चपली हाईट’ लाई पक्षाउनु भएको त होइन ?
A – हामीले भदौमा सुटिंग सुरु गरेर तिहार पछि सकेका थियौ भने लुट र चपली हाईट त्यो भन्दा पछि लागेको चलचित्र हो। अब तपाई आफै भन्नुस् कसरी हामीले त्यो फेबर समात्यौ। त्यो संयोग बस त्यस्तै हुन गाएको हो। यदि हाम्रो चलचित्र लुट र चपली हाईट भन्दा अगाडी चलेको भए के हाम्रो चलचित्र बाट प्रभाबित भएको भन्ने .. यो कुरा सत्य होइन।
अन्तमा चलचित्रलाई नहेरी त्यसै ट्रेलर हेरेर जज नगरी दिनुहोला।
यहि जेष्ठ १२ गते देखी लाग्ने यो चलचित्रलाई बिबि फुयालले निर्देशन गरेका हुन्। चलचित्र निर्देशनको हिसाबले उनको यो डेब्यु चलचित्र हो। यस चलचित्रमा नायिका शोभिता सिम्खडाका साथमा नवकलाकार पुस्कर जंग थापा देखिएका छन्। भने अरु कलाकारमा शुरेस चौधरी, उद्दव थापा, स्मिता थपलिया, सिर्जना राई, अनुशा राई, किरण बराल, सुमन राई, उद्दव थापा र बोबी रोजा आदिको अभिनय रहेको छ। हामी पनि हेरौ न त कस्तो छ यो चलचित्रको ट्रेलर :
 अहिले सम्म हाम्रो मीडिया बाट बढी ट्रेलर हेर्नेमा यो ‘अन्दाज’ पछि दोस्रो चलचित्र हो।

0 comments:

Post a Comment