झरनाको फेसबुकमा पनि अश्लिल ‘डाइलग’

बैशाख, काठमाडौ । अभिनेत्री झरना थापा र उनका श्रीमान सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र फेसबुकले पनि लुट र चपली हाइटकै जस्तै अश्लिलतालाई पछ्याएको छ । चलचित्र सार्वजनिक त भएको छैन ।तर सोसियल साइट यूट्युबमा राखेको एउटा प्रोमोमा लुटकै जस्ता अश्लिल शब्द प्रयोग गरिएका छन् । जुन तलको भिडियोमा हेर्न सक्नुहुन्छ । प्रोमोमा अश्लिल दृष्य नभए पनि केही डाइलगले भने लुटकै झझल्को दिन्छन् । सुरज सुब्बा नाल्बोले निर्देशन गरेको यो चलचित्रमा झरनाका साथै सुनिल थापा, स्वतन्त्र प्रताप शाह, राजकुमार विष्ट, अनुराग कुँवर, मतिन खान, सुमन गैरे, धिरेन्द्र चन्द, सुवास थापा, विल्सन बिक्रम राइ लगायतले अभिनय गरेका छन् । चलचित्रका केही दृष्य सिंगापुरमा सुटिङ्ग गरिएको छ । सुरुमा यो चलचित्रको नाम केटी हराएको सूचना राखिए पनि पछि परिवर्तन गरेर फेसबुक
राखिएको हो । तर फेसबुक नामप्रति सोसिएल नेटवर्किङ साईट फेसबुकले पनि आपत्ति जनाउन सक्ने छ । नामका लागि फेसबुकसँग स्वीकृती लिए नलिएको बारेमा निर्माण पक्षले अहिलेसम्म केही सार्वजनिक गरेको छैन । यो चलचित्र साउनमा रिलिज गर्ने तयारी थापा दम्पत्तीको छ ।

0 comments:

Post a Comment