अमेरिकामा डान्स सिक्दै राजेश

न्यूयोर्क । संगत गुणाको फल भनेर त्यसै भनिएको होइन रहेछ । नभए नायक राजेश हमाललाई हेरौं न । मुश्किलले जिउ हल्लाउने हमाल अमेरिका पुगेर नृत्यांगाना सारंगा श्रेष्ठसँग केही समय के बिताउन थालेका थिए कम्मर मर्काउन सिकिहालेछन् । राजेशले सारंगासँग नाच सिक्दै गरेको फोटो सारंगाले आफ्नो फेसबुकमा राखेकी छिन् । सारंगाको नृत्य ज्यादै लोभलाग्दो र आकर्षक हुन्छ । उनले कुनै समय नेपाली सिनेमामा आइटम डान्स गरेर तहल्कै मच्चाएकी थिइन् । यद्यपी उतिबेला त्यसलाई आइटम डान्स भन्ने चलन भने थिएन । राजेशले फिल्मी अभिनयमा चर्चा कमाए पनि नृत्यमा नाम राख्न सकेनन् । थुप्रै सिनेमा खेलेपनि राजेशको नाचको कुरा कहीं हुँदैन थियो । तर यो अभाव पनि उनले बुढेशकालमा पूरा गर्लान् जस्तो छ । दशैं तिहारको कार्यक्रमका लागि अमेरिका पुगेका राजेश अहिले सारंगासँग मज्जाले डान्स सिकिरहेका छन् । फेसबुकमा राखेको फोटोबारे सारंगाले लेखेकी छिन्, 'दशैं इभ २०६९ का लागि डान्स अभ्यास गर्दै महानायक
राजेश हमालसँग ।' अमेरिकामा हुने सांगीतिक कार्यक्रममा राजेशले दर्शकलाई नौलो नृत्य पस्कने पक्का छ, उनको तयारी हेर्दा । सिनेमाबाट विश्राम लिने समयमा आफ्नो नृत्य खुबी देखाउने सुर कसेका राजेशले कत्तिको सहज अनुभव गर्नेहुन् कुन्नि ? कि मर्ने बेला हरियो कांक्रो भने झैं हुने हो ?

0 comments:

Post a Comment