‘माइ ब्रदर’ हेरेपछि रोए दर्शक

चलचित्र ‘माइ ब्रदर’ को च्यारेटी शो हेर्न हल पुगेका दर्शक रुदै निस्केका छन् । वुटवलको मिलन चलचित्र मन्दिरमा आयोजना गरिएको च्यारेटी शो मा सिनेमा हेरेपछि अधिकांश दर्शकको आँखा आशुले भरिएको थियो ।
अनाथ बालबालिकाको सहयोगार्थ आयोजना गरिएको च्यारिटी शो हेरेपछि दर्शकले ‘माइ ब्रदर’ एउटा उत्कृष्ट सिनेमा रहेको प्रतिक्रिया दिए । बाल मनोविज्ञान र पारिवारिक प्रेम कथामा आधारित सिनेमालाइ दर्शकले निक्कै रुचाएका छन् । चलचित्रमा बालबालिकाको मनोविज्ञानलाइ सहज तर मन छुने तरिकाबाट प्रस्तुत गरिएकोमा दर्शकले निर्देशक विष्णु भट्टराइलाइ वधाइ दिएका थिए । च्यारेटी शोले चलचित्रको व्यापारमा सहयोग पुग्ने विश्वास निर्माणपक्षको छ । असोज २६ गतेबाट देशभरका हलमा रिलिजमा आउन लागेको यो चलचित्रमा जीवन लुइटेल, सुमिना घिमिरे, रमेश वुढाथोकीका साथमा नव नायक लक्की दिपकको अभिनय छ ।

0 comments:

Post a Comment