‘कलिउडमा’ मलिनाको सेक्सी डान्स

नायिका मलिना जोशी अव पूर्व मिस नेपाल मात्र रहिनन् । नायिका जोशीले नवराज आचार्यले निर्देशन गरिरहेको चलचित्र ‘कलिउड’ को शिर्ष गीतमा नृत्य गरेकी हुन् । रिनाशा राइले कोरीयोग्राफी गरेको ‘नशा हो यो कलिउड’ बोलको गीतमा मलिनाको हट नृत्य हेर्न सकिन्छ । चलचित्रको मुख्य भुमिकामा आर्यन सिग्देल र पि्रयंका कार्की छन् । पुर्व मिस नेपाल जोशीले आफुले शिर्ष गीतमा नृत्य गरेको भन्दै काम गर्दा खुबै रमाइलो भएको बताइन् । मलिनाले अनलाइनखबरलाइ भनिन्, ‘यो नृत्यलाइ आइटम गीतको रुपमा नवुझ्न आग्रह गर्दछु । ‘चलचित्र भित्र एक भव्य कार्यक्रमको आयोजना गरिरहदा अतिथीको रुपमा आएकी मलिनालेे नृत्य गरेको देख्न सकिन्छ । काठमाण्डौको सोल्टी क्राउन प्लाजामा छायांकन गरिएको यो गीतमा मलिनाका साथमा सहाना बज्रचार्य, सुनिल थापा, सुशिल क्षेत्री, जितु नेपाललाइ पनि देख्न सकिन्छ । चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्देशक नवराज आचार्यले बताए । अब २ गीतको मात्र
छायांकन बाकी रहेको र दशै अघि नै काम सक्न खोजेको उनको भनाइ छ । चलचित्रले नेपाली सिनेमा भित्र देखिएका विभिन्न क्रियाकलापलाइ उठान गरेको छ ।

0 comments:

Post a Comment