महिलाका स्तनमा आकर्षण किन ?

कुनैपनि पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ, यो कुरा अध्ययनले नै पुष्टि गरेको कुरा हो । त्यसोभए खास किन होला, जसका कारण पुरुषहरु महिलाको स्तनमा बढि आकषिर्त हुन्छन् ? शोधकर्ताहरुका अनुसार यसका पछाडि विभिन्न जैविक तथा सांस्कृतिक कारण त छन् नै तर मुख्य कारण भनेको महिलाको जिउबाट निस्कने हर्मोन नै हो ।ल्यारी यंग तथा ब्रायन एलेक्जेन्डरले आफ्नो पुस्तक ‘केमेस्ट्री बिटविन अस : लभ, सेक्स एण्ड साइन्स अफ अट्रेक्सनमा‘ जनाएअनुसार स्याहारसुसारका बेला महिलाको सरीरबाट निस्कने हर्मोन स्तनप्रतिको आकर्षाका लागि जिम्मेवार छ ।बच्चाको स्याहार सुसारका बेला निस्कने यहीँ हर्मोनका कारण आमा र बच्चाबीच आत्मीयता बढ्छ र बच्चाले स्तनपानका लागि आमाको छाति खोतल्छ । त्यस्तै प्रेमी र प्रेमिका नजिक बस्दा समेत यहीँ हर्मोनका कारण आत्मीयपन बढ्छ र प्रेमी प्रेमिकाका वक्षस्थल तर्फआकषिर्त बन्छ । लेखकहरुका अनुसार यो पृथ्वीमा रहेका सबै स्तनधारी प्राणीका भाले जाति पोथीसँगको मिलनका दौरान उनको स्तनप्रति आकषिर्त हुन्छन् । स्तनप्रतिको आकर्षा पारम्परिक नभएर प्राकृतिक वा जैविक रहेको उनीहरुको ठम्याइ छ ।
स्तनका अगाडि नतमस्तक हुने कुरा बच्चाले खेलमैदानमा वा किताबमा सिकेको हुँदैन यो त उसलाई जैविक रुपमै प्राप्त भएको गुण हो ।

0 comments:

Post a Comment