
प्राय सोभितको फिल्ममा नछुट्ने हिरोइन् रेजिना उप्रेती हुन् भने हिरो चाहिँ रमित रहेछन् । सोभितको प्रत्येक फिल्ममा रेजिना भएका कारण यि दुईको सम्बन्धको हल्ला पनि कलिउडमा निकै तातो बहस भएर चल्यो र यि दुई समाचारका निरन्तर खुराक पनि भए । तर सोभितको चलचित्रमा निरन्तर काम गर्ने हिरोइन मात्र हैन हिरो पनि रहेछन् । ती हुन रमित ढुङ्गाना ।
प्राय एउटा निर्देशकको फिल्ममा एक पटक लिईसकेको हिरो दुई पटक वा तिनपटक सम्म दोहोरिने गरेको छ । तर प्रत्येक प्रोजेक्टमा त्यो अनुहार दोहोरिएपछी पक्कै पनि त्यहाँ प्रश्न गर्ने थुप्रै ठाउँहरू भेटिन्छन् । आगामी पौष ३० गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको सोभितको चलचित्र 'चिनो' यस अघिका 'शक्ति' ,'धुम' ,'चोर सिपाही', 'दुर्गा' लगायत केही चलचित्रमा सोभितले रमितलाई लिएका छन् । दुर्गाबाट रमितलाई प्रत्येक फिल्ममा लिएका सोभितले रमित केही महिना अमेरिका बस्दा चलचित्र 'कन्यादान' मा चाहेर पनि उनलाई लिन सकेनन् र रमितको ठाउँमा अर्जुन कार्की रिप्लेस भए । प्रत्येक फिल्ममा किन रमितलाई लिए त ? सोभितले आफूहरूको राज खोल्दै भने, 'हामी त मामा भान्जा पो हौ त ।'

उता सोभित पनि थोरै पैसामा हिरो रमित अर्थात आफ्नो मामालाई फिल्म खेलाउन पाएपछी दङ्ग छन् र भन्छन् 'त्यसैले म हरेक प्रोजेक्टमा मामालाई लिन्छु ।'
0 comments:
Post a Comment