प्रधानमन्त्रीले 'दासढुंगा' हेर्ने


प्रधानमन्त्री माधवकुमार नेपाल, माओबादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनालसहितका बरिष्ठ नेताहरुले नेपाली चलचित्र 'दासढुंगा' हेर्ने भएका छन् । राजधानीको कुमारी सिनेमा घरमा विहिबार विहान आयोजना हुने चलचित्रको प्रीमियरमा राजनीतिक र कुटनीतिक व्यक्तित्वहरुको पनि सहभागिता रहनेछ ।

'दासढुंगा' निर्माता अपिल विष्टले प्रधानमन्त्रीसहितका नेताहरु प्रीमियरमा आउने जानकारी दिए । यो चलचित्र शुक्रवारदेखि विशेष चलचित्रका रुपमा देशब्यापी रिलिज हुँदैछ । पन्ध्रवर्ष अघिको दुःखद घटनामा आधारित यो चलचित्रले रिलिज अगावै चारवटा राष्ट्रिय अवार्ड हात पारिसकेको छ । 'प्रीमियरलाई भव्य तुल्याउन लागिपरेका छौं' अपिल भन्छन् 'प्रीमियर एउटा मेलाजस्तै हुनेछ ।'अपिलका अनुसार नेताहरुले चलचित्र हेर्न आफूहरु इच्छुक रहेको बताइसकेका छन् ।'जननेताको रहस्यमय निधन मुख्य कथा भएकाले पनि दासढुंगा सबैको आकर्षणको विषय बनेको छ' अपिल भन्छन् 'प्रधानमन्त्रीले झन् चासो ब्यक्त गरिसक्नुभएको छ ।' चलचित्रले स्पेसल जुरी अवार्ड पनि पाइसकेकाले फिल्मप्रति जनचासो निकै छ । चलचित्र समीक्षकहरु 'दासढुंगा'ले 'सिङ्गल स्क्रिन'हरुमा पनि राम्रो कलेक्सन गर्ने बताउँछन् ।

1 comments:

  1. काम नै के छ र यि नेताहरुको एउटा सबिधान त बना उन सकेनन अब चलचित्र हेर्छन बस्छन

    ReplyDelete