Nepali Movie kohi mero full

उध्रेको चोलीको चर्चा मलेसियामा पनि उत्तिकै (फोटो फिचरसहित)

नेपाली दर्शक माझ चर्चा बटुलिरहेको शुष्माको उध्रेको चोलीले मलेसियामा पनि उत्तिकै चर्चा बटुलेको छ । चाईनिज नयाँ वर्षको अवसरमा मलेसियाको क्वालालम्पुरमा भएको रिमिक्स धमाका– ४, कार्यक्रममा मलेसिया पुगेकी नायिका शुष्मा कार्कीले नेपालीहरुलाई निकै नृत्य प्रस्तुत गरेर उत्तेजित पारिन् ।भर्खरै नेपालमा प्रदर्शनमा आएको उनले अभिनय गरेको चलचित्र लुटमा आइटम डान्स गरेर नेपाली दर्शकलाई समेत उत्तेजित पार्दै तहल्का मच्चाएकी छिन् । धुम कार्यक्रममा पुगेका अधिकाशं दर्शकले उनको उत्तेजक नृत्यको फोटो समेत खिच्न भ्याए । क्यामरा हुनेहरुले क्यामरामा नै फोटो कैद गरे भने क्यामरा नहुनेहरुले मोवाईलवाट भएपनि फोटो खिच्न भ्याए । अहिले उनको चर्चा मलेसियाभरी नै छ जसरी उनी अभिनित चलचित्र लुटले नेपालमा चर्चा लिइरहेको छ । हेरौ नृत्य प्रस्तु गरिरहेका वेला क्यामरामा कैद गरिएका उनका केही हट तस्वीहरु ।

बर्लिनमा 'हाइवे'को प्रतिस्पर्धा २६ फिल्मसँग

बर्लिन फिल्म महोत्सवमा नेपालको 'हाइवे'ले 'बेस्ट फस्ट फिचर अवार्ड'मा भिड्ने भएको छ। महोत्सवका सहभागीमध्ये निर्देशकले पहिलोपटक निर्देशन गरेको फिल्म यो प्रतिस्पर्धामा समावेश गरिएको छ। यसपालि दीपक रौनियारद्वारा निर्देशित 'हाइवे'सहित २७ फिल्मले यसमा भिड्दैछन्।
नयाँ पुस्ताका फिल्मकर्मीलाई हौसला दिन सन् २००६ देखि सुरु गरिएको यो अवार्ड जित्नेलाई ५० हजार युरो

आइएम सरी : ट्रेलर रिलिज

‘आइएम सरी’ले पब्लिसिटी थालेको छ । विहिबार आयोजित पत्रकार भेटमा सिनेमाले नेसनल टुर, ट्रेलर र संगीत प्रिमियर गर्‍यो । माघ २७ मा सोलो रिलिज सिनेमाको संगीत र ट्रेलरलाई आयोजित जमघटमा निर्माता, निर्देशक र कलाकारले सार्वजनिक गरे । हरि महत र सुनिल मानन्धरले लगानी गरेको सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

लभस्टोरी सिनेमाको संगीत ताराप्रकाश लिम्बुले भरेका छन् । आर्यन सिग्देल, केकी अधिकारी, नीता ढुंगाना अभिनित सिनेमालाई प्रदीप भारद्धाजले लेखेका हुन् । प्रेसमिटमा बोल्दै अभिनेता सिग्देलले आफूले मिहेनत गरेको बताए । निर्देशक राउतले आर्यनलाई सिनेमाले भिन्न चरित्रमा प्रस्तुत गरेको र उनीप्रतिको दर्शकीय दृष्टिकोण सिनेमाले परिवर्तन गर्ने दावी गरे ।

अभिनेत्री सुशिला रायमाझीको निधन

लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो १ बजे बिएण्डबि अस्पतालमा निधन भएको निर्माता रमेशजंग रायमाझीले जानकारी दिएका छन् । सुशिला रमेशजंगको काकी हुन् । निधन पश्चात रायमाझीको शव टिचिङ हस्पिटल महाराजगंजमा राखिएको रमेशजंगले जानकारी गराए । पहिलो श्रीमानबाट एक छोरी र दोस्रोबाट दुई छोरीकी आमा सुशिलाको कान्छी तर्फकी छोरी अमेरिकाबाट आजै राति १० बजे काठमाण्डू ओर्लए लगत्तै उनको अन्तिम दाहसस्कार राति नै गरिने रायमाझीले

यो कस्तो प्रिमियर ?

न कुनै रेड कार्पेट त न कुनै गतिलो व्यवस्थापन नै । भारतका निर्माताले बनाएको सिनेमा त्यसमा पनि भारतकै निर्देशकको निर्देशन रहेको सिनेमाको प्रिमियर केही राम्रोसँग गरिएला भन्ने आशा गरेका थिए, आम चलचित्रकर्मी तथा पत्रकारले । तर बिहीबार दिउँसो गरिएको चलचित्र ‘परिचय’को प्रिमियरमा त्यस्तो कुनै कुरा देखिएन । सामान्य खालको कार्यक्रम र यसैमा गरिएको अडियो विमोचनकाबीच चलचित्रको प्रिमीयर गरिएको छ ।करोड माथिको सिनेमा भनेर प्रचार गरिएको सिनेमाको प्रिमियर कार्यक्रमको भद्रगोलले

शुक्रबार सिनेमा हलमा

नेपाली सिनेमा शुक्रबार प्रदर्शन हुने परम्परालाई निरन्तरता दिँदै आजबाट तीन सिनेमा एक साथ प्रदर्शनमा आउँदैछन् । सिनेमाहरु जुध्दा चलचित्रको व्यापार खासै राम्रो नहुने भएपनि धेरै सिनेमा बन्दा लगातार रुपमा सिनेमाहरु जुधिरहेका छन् । यो हप्ता पनि सिनेमाहरु जुध्दैछन् र प्रदर्शन हुँदैछन् । यो हप्ता आउने सिनेमा यस्ता छन:
१. सिनेमाको ना: विजयपथ

निर्देशक : बसन्त निरौला

कलाकार : निखील उप्रेती, सुशिल क्षेत्री, संचिता लुइटेल, पवित्रा निरौला, सरोज के.सी. आदि ।

संगीत : बसन्त सापकोटा

छायांकन : शिव ढकाल

मेरा सबै सिनेमा करिअरसँग जोडिएका हुन्छन

नायक आर्यन सिग्देलले अभिनय गरेको चलचित्र आईएमसरीको बिस्तारै चर्चा बढ्न थालेको छ । यो सिनेमा यही माघ २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यही सिनेमाबाट नायक सिग्देलको सिनेमाको करिअर जोडिने धेरैले बिश्लेषण पनि गरेका छन् । तर नायक आर्यन सिग्देलले भने यो कुराले आफूलाई अचम्ममा पारेका प्रतिक्रिया दिएका छन् ।आर्यनले भने -’मेरो हरेक सिनेमा करिअरसँग जोडिएका छन् । उनले आफूले आजसम्म अभिनय गरेका सबै सिनेमा करिअरका लागि नै गरेका बताए । चलचित्र आई.एम.सरी.को बारेमा जानकारी दिन काठमाडांैमा आयोजना गरिएको एक कार्यक्रममा नायक आर्यन

बर्लिन फिल्म महोत्सवमा पहिलो पटक नेपाली फिल्म

'हाइवे'को वर्ल्ड प्रिमियर महोत्सवमा हुने-विश्वका प्रमुख फिल्म महोत्सव मध्येको एक बर्लिन फिल्म महोत्सवका लागि दीपक रौनियारद्वारा निर्देशित नेपाली फिल्म 'हाइवे' छनौट भएको छ। जर्मनीको बर्लिनमा आउँदो फेब्रुअरी ९ देखि १९ सम्म हुने महोत्सवका लागि छनौट भएका ११ वटा विभिन्न देशका फिचर फिल्ममा 'हाइवे' छनौट भएको हो।
हाइवेको दृश्यमा सौगात मल्ल र सृष्टि घिमिरे

डाइनिङ टेवलको सेक्स प्रियंकालाई मज्जा

प्रियंका कार्कीको पहिलो परिचय हो सन् २००५ की मिस टीन नेपाल । तर प्रियंका यतिखेर मिस नेपाली सिनेक्षेत्रकी नायिका समेत बनेकी छन भने सिसबाट मिसेस प्रियंका कार्की मैनाली समेत बनेकी छन् ।पतिसँगै अमेरिका बस्ने प्रियंका केही महिना छुट्टी बिताउन नेपाल आएका बखत नेपाली मिडियामा उनको खुवै चर्चा भयो । प्रेम, सेक्स र जीवनबारे खुलेरै गरिएका उनका टिप्पणी यतिखेर सिनेक्षेत्रमा

रेखा र झरना पछि खै त नायिका ?

‘यो सिनेमाले मेरो चलचित्र करिअरलाई धेरै माथि उकास्ने आशा गरेको छु’ अधिकांश नायिकाहरु सिनेमा चल्ने बेलामा यस्तै प्रतिक्रिया दिन्छन् । तर सिनेमा चलिसकेपछि उनीहरुको खासै चर्चा हँुदैन । नेपाली सिनेमा बजारमा अहिले नायिकाको अभाव चरम रुपमा देखिन थालेको छ ।अहिले मुलधारका सिनेमामा चलेका भनिएका रेखा थापा र झरना थापापछिको विकल्प को हो त ? कसैको पनि नाम लिन सकिने अवस्था छैन । नेपाली सिनेमामा नायिकाहरुको आवश्यकतालाई पुर्ति गर्दै आएका झरना र रेखा दुवै विवाहित हुन् । यसैले पनि यिनीहरुले अब लामो समयसम्म यो बजारलाई धान्न सक्छन् भन्ने देखिदैन । यो कुरा विगतका नायिकाको उदाहरणले पनि देखाएको छ ।

पोष्टर मात्रै कि सिनेमा पनि चोरी हो ?

सोमबार मात्र आफ्नो पोष्टर र गीतसंगीत सार्वजनिक गरेको चलचित्र ‘चपली हाईट’को निर्माणकर्ताहरुले यतिवेला दर्शकको माया पाउनुको साटो आलोचना खेपिरहेका छन् । उनीहरुले आलोचना खेप्नुको कारण हो, सार्वजनिक गरिएको पोष्टर चोरी गर्नु ।बिनिता बराल र दुई नायकका साथमा खिचिएको फोटो हुबहु एक हलिउड सिनेमासँग चोरी भएको देखिएको छ । हलिउड सिनेमा ‘बेसिस ईन्स्टीङ्ट’ बाट यो चलचित्रको पोष्टर कपि गरिएको हो । यो सिनेमाको पहिलो र दोश्रो भागबाट नै सिनेमाको पोष्टर कपि गरिएको छ ।हेर्दा हलिउड सिनेमाको जस्तो लाग्ने अर्जुन कुमारले निर्माण गरेको यो चलचित्रको पोष्टर कपि गरीएको हो । हुन त नेपाली सिने क्षेत्रमा पोष्टर कपि गरिनु खासै नयाँ कुरा होईन । यसभन्दा अघि पनि यस्ता कयौं सिनेमाहरुका पोष्टर कपि भएका छन् । दिपेन्द्र के खनालले निर्देशन गरेको यो सिनेमामा नायिका बिनिता बराललाई पोष्टरमा कपडाबिहिन देखाईएको छ ।
जसरी हलिउड सिनेमामा नायिकाले नायकलाई अंगालो मारेकी छिन्, यसैगरी यो ‘चपली हाईट’को पोष्टरमा पनि यसैगरी बिनिताले नायक आमिर गौतमलाई अंगालेकी छिन् । यस्तै पोष्टरको अर्को

नग्नता त सुन्नै सक्दिनन् रे बिनिता !

कुनै समय एक चलचित्रका लागि नै टपलेस फोटो खिचाएकी नायिका बिनिता बराल अहिले नग्नता, ग्लायमर भन्ने बित्तिकै दिक्क मान्छिन् । कारण ‘चपली हाईट’मा टपलेस फोटो खिचाएपछि एक्कासी विवाद र चर्चामा तानिएकी यि नायिकालाई यो घटनाले नै नग्नता भन्ने शब्दबाट दिक्क लगाएको रहेछ । एक भेटमा बिनिता भन्दै थिईन् -’मलाई नग्नता होईन, अब यसलाई नै मिलाएर सौन्दर्य भन्ने शब्द सुन्न मनलाग्छ । त्यो घटनाले धेरै कुरा सिकाएको छ । हुन त संसारमा बिक्ने नै सेक्स हो । तर

शक्तिशाली बन्दै रेखा

रेखा थापा सिनेमा क्षेत्रका शक्तिशाली नायिका तथा निर्मात्रीको रुपमा चिनिन्छ । तर अब चलचित्र क्षेत्रबाहिर होईन सिनेमाको पर्दामा पनि उनी शक्तिशाली हुने भएकी छिन् । उनलाई शक्तिशाली बनाउने काम गर्न लागेका हुन्, निर्देशक विजयविक्रम बस्नेतले । ‘हाता लाग्यो शून्य’ नामक सिनेमा बनाएका विजयले रेखालाई मुख्य पात्रको रुपमा लिएर चलचित्र ‘द पावर’ निर्माण गर्न लागेका हुन् । चलचित्र ‘द पावर’मा उनका अलवा श्याम कटुवाल मुख्य भुमिकामा रहनेछन् ।नायिका रेखा थापाले मदरासी सिनेमाका नायक जसरी यो सिनेमामा भिलेनको

दुई जोडीलाई विवाह गराउने सिनेमा

नायक निखील उप्रेतीसँग विवाह बन्धनमा बाँधिएपछि एकाएक संचारमाध्यमबाट टाढा नै बस्न रुचाएकी नायिका संचिता लुईटेल आईतबार पुन पत्रकारबाट लुक्ने प्रयास गरिन् । आफुले अभिनय गरेको चलचित्र ‘विजयपथ’को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा संचिता आउने भनिएतापनि आफन्त विरामी भएको खवर गर्दै उनी उपस्थित भईनन् ।
उनलाई पत्रकार तथा चलचित्रको युनिटले १ घन्टा भन्दा बढी समय कुरेपनि उनको उपस्थित भने अन्तिम समयमा आएर भएन । निखीलसँग विवाह गरेपछि एकाएक संचारमाध्यमबाट टाढा रहेकी संचिता सम्भवतः त्यसपछि पत्रकारको अगाडि परेकी छैनन् र फेरि पनि टाढा नै भईन् ।यही माघ १३ गतेबाट एकसाथ नेपाल र भारतबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘विजयपथ’मा संचिताको अलवा निखील उप्रेती, सुशिल क्षेत्री, सरोज के.सी., पवित्रा निरौला, दिपक त्रिपाठीको मुख्य भुमिका रहेको छ । चलचित्र भारतका बिभिन्न ४० स्टेशनबाट एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्र ‘विजयपथ’मा शिव ढकालको छायांकन, वसन्त सापकोटाको संगीत रहेको छ । ‘विजयपथ

नायक पनि, गायक पनि

पछिल्लो समयमा गायकहरुले समेत चलचित्रमा अभिनय गरेका छन् । यशकुमार, बाबु बोगटीजस्ता गायकहरुले सफल नायकको भूमिकासमेत निर्वाह गरिसकेका छन् । गायक नायक भएजस्तै नायक पनि गायक भएका उदाहरणसमेत धेरै छन् ।फिल्म तथा टेलिभिजनको पर्दामा अभिनय गर्ने कतिजना नायक-नायिकाले गीत गाउने गर्छन् ? तपाईंले अनुमान सहि लगाउन सक्नुहुन्छ । नायक र गायक दुवै क्षमता भएका

ब्रेकअप एक बर्ष अगाडी नै भएको हो : झरना बज्राचार्य

सेक्सी एण्ड बोल्ड नायिका झरना बज्राचार्य नेपाली चलचित्रमा कमै मात्र देखिने गर्छिन् तर उनको चर्चा भने सधैं नै भईरहन्छ । कहिले भारत पलायन भएको त कहिले बिबाह अनि कहिले डिभोर्स ।

केहि समय अगाडी मात्र प्रशन्न पौडेलको चलचित्र 'मेरो बेस्ट फ्रेण्ड' मा अभिनय गर्ने तयारी गरेकी झरना एक्कासी लण्डन पुगेपछि सञ्चारमाध्यले उनको बारेमा थुप्रै बिश्लेषण गरे । कतिले उनी आफ्ना श्रीमान भेट्न गएको अनुमान लगाए भने कतिले नेपाली चलचित्रलाई लात हानेर गएको आरोप लगाए । अनुमानहरू थुप्रिदै गए

केकीको कमाइ ३ लाख

डेढ वर्ष लगाई सुटिङ सिध्याएको फिल्म 'आइ एम सरी'बाट अभिनेत्री केकी अधिकारीले अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक पाएकी छिन्। तीन लाखभन्दा बढी रकम लिएकी केकीको यो फिल्म माघ २७ मा रिलिज हुँदैछ। 'फिल्मको सुटिङ अवधि नै लम्बिएपछि त्यतिको पैसा कम पो भएजस्तो लाग्यो। एउटै फिल्मको लागि धेरै समय दिनुपरेपछि कलाकारलाई पनि अप्ठ्यारो हुन्छ,' उनले भनिन्। एक कर्पोरेट युवतीको भूमिकामा देखिने केकीले पहिलो फिल्म 'स्वर'बाट एक लाख लिएकी थिइन्।त्यसको सुटिङ एक महिनामै सकिएको थियो।

किन चिढिइन् रेखा, हमालसँग

नायक राजेश हमाल नेपाली सिनेमा क्षेत्रका चर्चित नायक । २२ वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा राज गर्दै आएका महानायक पनि । उनलाई अहिले नेपाली सिनेमा क्षेत्रको महानायक पनि भनिन्छ । आम दर्शकदेखि चलचित्रकर्मीहरु राजेशलाई महानायक नै भन्ने गर्छन् । उनको योगदान र कामलाई मूल्याँकन गर्दा उनी महानायक हुने व्यक्ति पनि हुन् । तर नेपाली सिनेमा क्षेत्रकी एक चर्चित नायिकाको नजरमा भने राजेश हमाल महानायक होईनन् रे ।अहिलेकी हट एन्ड चुलबुले नायिकाको रुपमा परिचित रेखा राजेशलाई महानायक भन्न रुचाउँदिनन् । उनको नजरमा आखिर को त नेपाली सिनेमा क्षेत्रको महानायक ? रेखा भन्छिन् -’नेपाली

‘सुमिना र अनुष्काले छोड्नुको अर्थ छैन’

नायिका सुमिना घिमिरे र अनुष्का ढकालले सिनेमा क्षेत्र छोडेको घोषणा गरे केही महिना अघि । तर यी कुरा खासै चर्चामा आएनन् । सुमिना र अनुष्काले सिनेमा क्षेत्र छोडेर घाटा उनीहरुलाई नै लाग्यो होला, यो क्षेत्रलाई लागेन । नायिका सुमिना घिमिरेले आफ्नो डेब्यु सिनेमालाई नै महत्व नदिएपछि क्रुद्ध बनेका निर्देशक ज्ञानेन्द्र देउजा भर्खर आएका नायिकाले सन्यास लिनुको कुनै औचित्य नभएको बताउँछन् । ‘राजेश हमाल, विराज भट्टले सन्यास लिए भनेर कुरा आए बल्ल सोच्नु पर्ने हुन्छ, यिनीहरुले के योगदान गरेका छन् र सन्यास लिएको कुरा गर्नु ?’ ज्ञानेन्द्रले प्रश्न गरे ।चलचित्र ‘छबिलाल कञ्जुस छैन’बाट सुमिनालाई यो क्षेत्रमा भित्राएका ज्ञानेन्द्र अहिले उनले देखाएको व्यवहारबाट क्रुद्ध बनेका छन् । ‘तीनहप्ता भयो मैले फोन गरेको तर उसले कुनै प्रतिक्रिया जनाएकी छैन, अव के भन्ने ?’ देउजाको भनाई छ । चलचित्र ‘छबिलाल

‘एकअर्काको फोन खोतल्दैनौं'

कहिलेकाहीँ फोनमा समस्या आउँदा अभिनेत्री ऋचा घिमिरे आफ्ना पति फिल्म निर्देशक शंकर घिमिरेको मोबाइल चलाउने गर्छिन्। नत्र अरुबेला उनी पतिको फोन छुँदैनन्। न्यु इयरमा फोटो खिचेदेखि यता उनले शंकरको फोन चलाएकी छैनन्। शंकर पनि ऋचाको फोन हेर्दैनन्। कामबाहेक कहिल्यै पनि एकअर्काका फोन नचलाउने उनीहरुको समझदारी छ। शंकरको फोन एनसेल भएकोले नेटवर्क नलागेको बेला ऋताको फोन माग्छन्। ‘तर अरुबेला फोन खोतलेर हेर्ने चलन हाम्रो छैन। त्यतिसम्म अविश्वास गर्न थाले भने त सँगै बस्न सम्भव होला र?' ऋचाको प्रश्न छ। पतिपत्नी

‘जलजला’ हेर्न प्रचण्ड कुमारी हल पुगे

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल वुधवार विहान एकाएक कुमारी चललिच हलमा देखिए । शासकीय स्वरुप लगायत संविधानका विषयमा दलहरुबीच चलिरहेको रस्साकस्सी छाडेर प्रचण्ड सिनेमा हलमा पुगेका हुन् । माओवादी अध्यक्ष प्रचण्ड चलचित्र ‘जलजला’ हेर्न पुगेका हुन् । उनले चलचित्र आधा मात्र हेरे र बीचमै निस्किएर हिडेका थिए ।जलजला माओवादी जनयुद्धको विषयमा आधारित चलचित्र हो । चलचित्र हेर्नका लागि प्रचण्डसँगै कृष्णबहादुर महरा, अग्नि सापकोटा, लडाकूका कमाण्डर नन्द किशोर पुन कुमारी हल पुगेका थिए । उसो त माओवादी जनयुद्ध र क्रान्तिका विषयमा मात्र बनेका सिनेमा हेर्ने

महङ्गा सिनेमाले थिचिए आर्यन

नायक आर्यन सिग्देल अहिले घरमै वसेका छन्, उनको हातमा सिनेमा छैनन् । यस्तै हल्लाहरु छन् बजारमा । एकअर्थमा भन्ने हो भने यो कुरा सत्य पनि हो । आर्यन सिग्देलले अभिनय गरेका सिनेमाले लगानी उठाउन सकेनन्, यसैले पनि उनी असफल नायक हुन् धेरैको विश्लेषण हो यो । यदि चलचित्रले लगानी उठाएन् भने त्यो असफल सिनेमा हो र यो सँग जोडिएका हरेक कलाकार पनि असफल हुन् ।उनले अभिनय गरेका सिनेमा यो वर्ष मात्र दुईवटा असफल भए र बाँकी एक सिनेमा प्रदर्शनको क्रममा रहेको छ । नेपाली सिनेमाले

सम्वन्ध विच्छेदको खबरपछि रेखा खुसी ?

पति छबिराज ओझासँगको सम्वन्ध विच्छेदको खवरले नायिका रेखा थापालाई सम्भवतः दुखित बनाउनु पर्ने हो । तर, रेखा यो खवरले दुःखी छैनन् बरु खुशी नै छिन् । श्रीमान्सँग डिभोर्स हुन लाग्यो भनेर उनी खुशी भएकी होईनन् । उनी खुशी हुनुको कारण हो, यो खबरले अब छबिसँग बोलचाल हुने भयो भनेर ।
‘अनलाइनखवरमा आएको समाचारले मलाई सुखद अनुभुति दिएको छ । कारण, अब हाम्रो घर फेरि राम्रोसँग चल्ने भयो, अनि हामीबीच फेरि बोलचाल हुने भयो’ रेखाले भनिन् । आफूहरुबीचको खवर बाहिर आएपछि पति

'लुट' वयष्कलाई मात्र

आउँदो पुस २९ मा रिलिज हुने फिल्म 'लुट'लाई सेन्सर बोर्डले सोमबार 'ए' सर्टिफिकेट दिएको छ। अर्थात् यो फिल्म वयष्क उमेरका दर्शकले मात्र हेर्न पाउनेछन्। फिल्ममा प्रयोग भएका गालीगलौजका शब्दहरुलाई पनि सेन्सर बोर्डले मेटाइदिएको छ।
गालीगलौजका शब्द मेटाएपछि पनि 'ए' सर्टिफिकेट दिएकोमा निर्माता माधव वाग्ले रुष्ट छन्। फिल्मका पात्रले बोल्ने संवाद जस्ताको तस्तै राखेर 'ए' सर्टिफिकेट दिएको भए उनी सन्तुष्ट हुने थिए। तर, संवाद पनि काटिदिँदा फिल्म अपांग हुने उनको दावी छ।
'हामीले घर, टोलछिमेकमै सुनिँदै आएका र धेरै चल्तीमा रहेका गालीका शब्द नै प्रयोग गरेका हौं,' वाग्लेले भने, 'तर, सेन्सर बोर्डका सदस्यहरुले हाम्रो तर्क सुन्न नै चाहेनन्।' जुन शब्द सुनेर दर्शकले फिल्मको प्रोमो मन पराएका थिए, त्यही शब्द काटिएकोमा उनको गुनासो छ।

'छोटो लुगाभन्दा उध्रेको चोली नै ग्ल्यामर'

रिलिजको तयारीमा रहेको फिल्म 'लुट'को आइटम गीत 'उध्रेको चोली' अहिले चर्चामा छ। गीतमा नाच्ने अभिनेत्री सुष्मा कार्कीसँग कुराकानीः

-आइटम डान्सले फिल्म चल्न कति सहयोग गर्छ?
फिल्म प्रमोसनमा आइटम डान्सले महत्वपूर्ण भूमिका खेल्छ जस्तो लाग्छ। एउटै आइटम गीतले नै दर्शकलाई फिल्म हेर्न हलसम्म तान्छ। अझ 'लुट'मा यो गीत आवश्यक नै छ।

-छोटो लुगा ग्ल्यामर्स हुन्छ कि उध्रेको चोली?
दुवैको तुलना गर्नुपर्दा 'उध्रेको चोली' नै ग्ल्यामर्स् देखिन्छ नि।

-चोली चाहिँ कति लगाउनुहुन्छ? सधैं टिसर्टजस्तो देखिन्छ?
कहिल्यै लगाउँदिन भन्दा पनि हुन्छ। मलाई चोली सुहाउँदैन पनि। टिर्सट नै सुहाउँछ र धेरै लगाउँछु।
-तपाईले साँच्चिकै उध्रेको चोली लगायो भने मान्छेले के भन्ला?
गीतकै लाइन 'फर्की फर्की' भन्लान् कि। तर म बाहिर निस्कँदा चोलीबाहिर ज्याकेट लगाउन सक्छु।