'लुट' वयष्कलाई मात्र

आउँदो पुस २९ मा रिलिज हुने फिल्म 'लुट'लाई सेन्सर बोर्डले सोमबार 'ए' सर्टिफिकेट दिएको छ। अर्थात् यो फिल्म वयष्क उमेरका दर्शकले मात्र हेर्न पाउनेछन्। फिल्ममा प्रयोग भएका गालीगलौजका शब्दहरुलाई पनि सेन्सर बोर्डले मेटाइदिएको छ।
गालीगलौजका शब्द मेटाएपछि पनि 'ए' सर्टिफिकेट दिएकोमा निर्माता माधव वाग्ले रुष्ट छन्। फिल्मका पात्रले बोल्ने संवाद जस्ताको तस्तै राखेर 'ए' सर्टिफिकेट दिएको भए उनी सन्तुष्ट हुने थिए। तर, संवाद पनि काटिदिँदा फिल्म अपांग हुने उनको दावी छ।
'हामीले घर, टोलछिमेकमै सुनिँदै आएका र धेरै चल्तीमा रहेका गालीका शब्द नै प्रयोग गरेका हौं,' वाग्लेले भने, 'तर, सेन्सर बोर्डका सदस्यहरुले हाम्रो तर्क सुन्न नै चाहेनन्।' जुन शब्द सुनेर दर्शकले फिल्मको प्रोमो मन पराएका थिए, त्यही शब्द काटिएकोमा उनको गुनासो छ।

0 comments:

Post a Comment