दुई जोडीलाई विवाह गराउने सिनेमा

नायक निखील उप्रेतीसँग विवाह बन्धनमा बाँधिएपछि एकाएक संचारमाध्यमबाट टाढा नै बस्न रुचाएकी नायिका संचिता लुईटेल आईतबार पुन पत्रकारबाट लुक्ने प्रयास गरिन् । आफुले अभिनय गरेको चलचित्र ‘विजयपथ’को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा संचिता आउने भनिएतापनि आफन्त विरामी भएको खवर गर्दै उनी उपस्थित भईनन् ।
उनलाई पत्रकार तथा चलचित्रको युनिटले १ घन्टा भन्दा बढी समय कुरेपनि उनको उपस्थित भने अन्तिम समयमा आएर भएन । निखीलसँग विवाह गरेपछि एकाएक संचारमाध्यमबाट टाढा रहेकी संचिता सम्भवतः त्यसपछि पत्रकारको अगाडि परेकी छैनन् र फेरि पनि टाढा नै भईन् ।यही माघ १३ गतेबाट एकसाथ नेपाल र भारतबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘विजयपथ’मा संचिताको अलवा निखील उप्रेती, सुशिल क्षेत्री, सरोज के.सी., पवित्रा निरौला, दिपक त्रिपाठीको मुख्य भुमिका रहेको छ । चलचित्र भारतका बिभिन्न ४० स्टेशनबाट एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्र ‘विजयपथ’मा शिव ढकालको छायांकन, वसन्त सापकोटाको संगीत रहेको छ । ‘विजयपथ
’ सिनेमा पत्रकारहरुको कथावस्तुमा आधारित रहेको छ । यसका साथै चलचित्रमा बालक अपहरण, द्वन्द्व, माया प्रेमका प्रशस्त मसलाहरु समावेश रहेको यसका निर्देशक वसन्त निरौलाले जानकारी गराए । चलचित्र ‘विजयपथ’को छायांकन हुँदाको क्षणमा नायक निखील उप्रेती र संचिताको विवाह भैसकेको थिएन । तर, यो सिनेमाको छायांकन पछि यी दुईले विवाह गराएका थिए ।

यतिमात्र होईन, सिनेमाको छायांकन पश्चात सिनेमाका निर्देशक वसन्त निरौला र नायिका पवित्रा आचार्यबीच पनि विवाह भएको थियो । यो सिनेमाको छायांकनको क्रममा यी दुई जोडीको मायाप्रेम मौलाएको थियो । यसरी हेर्दा सस्पेन्स र थि्रलर भनिएको सिनेमाले वास्तविक जीवनमा भने दुई जोडीलाई वास्तविक जीवनमा विवाह बन्धनमा बाँध्न मद्दत गरेको देखिन्छ । हेरौं सिनेमाको व्यापार भने अवबकस्तो हुने हो ?

0 comments:

Post a Comment