पोष्टर मात्रै कि सिनेमा पनि चोरी हो ?

सोमबार मात्र आफ्नो पोष्टर र गीतसंगीत सार्वजनिक गरेको चलचित्र ‘चपली हाईट’को निर्माणकर्ताहरुले यतिवेला दर्शकको माया पाउनुको साटो आलोचना खेपिरहेका छन् । उनीहरुले आलोचना खेप्नुको कारण हो, सार्वजनिक गरिएको पोष्टर चोरी गर्नु ।बिनिता बराल र दुई नायकका साथमा खिचिएको फोटो हुबहु एक हलिउड सिनेमासँग चोरी भएको देखिएको छ । हलिउड सिनेमा ‘बेसिस ईन्स्टीङ्ट’ बाट यो चलचित्रको पोष्टर कपि गरिएको हो । यो सिनेमाको पहिलो र दोश्रो भागबाट नै सिनेमाको पोष्टर कपि गरिएको छ ।हेर्दा हलिउड सिनेमाको जस्तो लाग्ने अर्जुन कुमारले निर्माण गरेको यो चलचित्रको पोष्टर कपि गरीएको हो । हुन त नेपाली सिने क्षेत्रमा पोष्टर कपि गरिनु खासै नयाँ कुरा होईन । यसभन्दा अघि पनि यस्ता कयौं सिनेमाहरुका पोष्टर कपि भएका छन् । दिपेन्द्र के खनालले निर्देशन गरेको यो सिनेमामा नायिका बिनिता बराललाई पोष्टरमा कपडाबिहिन देखाईएको छ ।
जसरी हलिउड सिनेमामा नायिकाले नायकलाई अंगालो मारेकी छिन्, यसैगरी यो ‘चपली हाईट’को पोष्टरमा पनि यसैगरी बिनिताले नायक आमिर गौतमलाई अंगालेकी छिन् । यस्तै पोष्टरको अर्को
भागमा जसरी हलिउड नायिका बसेकी छिन्, यसैगरी नायिका बराललाई पनि कुर्सीमा राखी फोटो खिचिएको छ ।जे भएपनि यो पोष्टर यो हलिउड सिनेमाबाट पूर्ण रुपमा प्रभावित छ । यसले के देखाउँछ भने फरक पन बोकेको यो सिनेमाले शुरुवातमै आफुलाई चोरीको आरोपबाट मुक्त भने पार्न सकेन । हेरौं सिनेमा भने चोरी भएको छ या छैन ।

0 comments:

Post a Comment