ब्रेकअप एक बर्ष अगाडी नै भएको हो : झरना बज्राचार्य

सेक्सी एण्ड बोल्ड नायिका झरना बज्राचार्य नेपाली चलचित्रमा कमै मात्र देखिने गर्छिन् तर उनको चर्चा भने सधैं नै भईरहन्छ । कहिले भारत पलायन भएको त कहिले बिबाह अनि कहिले डिभोर्स ।

केहि समय अगाडी मात्र प्रशन्न पौडेलको चलचित्र 'मेरो बेस्ट फ्रेण्ड' मा अभिनय गर्ने तयारी गरेकी झरना एक्कासी लण्डन पुगेपछि सञ्चारमाध्यले उनको बारेमा थुप्रै बिश्लेषण गरे । कतिले उनी आफ्ना श्रीमान भेट्न गएको अनुमान लगाए भने कतिले नेपाली चलचित्रलाई लात हानेर गएको आरोप लगाए । अनुमानहरू थुप्रिदै गए
तर झरना भने मौन बसिरहिन् । कारण उनी मिडियामा आउन चाहन्थिनन् । तर अहिले भने उनी खुलेर प्रस्तुत भएकी छिन् र आफू लन्डन जानुको कारण खुलाएकी छिन् ।

युरोपमा रहेर नेपाल र नेपाली चलचित्रलाई प्रोमोट गरिरहेका झरनाका प्रशंशक लेक्स लिम्बुसँग खुलेर कुरा गर्दै झरनाले आफू मेडिटिएसनका लागि लन्डन आएको बताएकी छिन् । प्रेमी कारार हिलसँगको सम्बन्ध एक बर्ष अगाडी नै ब्रेक भएको बताउँदै झरनाले अहिले आफू सिङ्गल रहेको तर मिङ्गल हुन नचाहेको बताएकी छिन् । हाल बेलायतीहरू सँग मेडिटिएसनमा मस्त रहेकी झरनाले अब नेपाली चलचित्रमा देखिने सम्भावना कम रहेको संकेत देखाएकी छिन् ।

झरनासँग लेक्स लिम्बुको एक छिन

0 comments:

Post a Comment