‘एकअर्काको फोन खोतल्दैनौं'

कहिलेकाहीँ फोनमा समस्या आउँदा अभिनेत्री ऋचा घिमिरे आफ्ना पति फिल्म निर्देशक शंकर घिमिरेको मोबाइल चलाउने गर्छिन्। नत्र अरुबेला उनी पतिको फोन छुँदैनन्। न्यु इयरमा फोटो खिचेदेखि यता उनले शंकरको फोन चलाएकी छैनन्। शंकर पनि ऋचाको फोन हेर्दैनन्। कामबाहेक कहिल्यै पनि एकअर्काका फोन नचलाउने उनीहरुको समझदारी छ। शंकरको फोन एनसेल भएकोले नेटवर्क नलागेको बेला ऋताको फोन माग्छन्। ‘तर अरुबेला फोन खोतलेर हेर्ने चलन हाम्रो छैन। त्यतिसम्म अविश्वास गर्न थाले भने त सँगै बस्न सम्भव होला र?' ऋचाको प्रश्न छ। पतिपत्नी
जहिले पनि सँगसँगै हुने हुँदा एकअर्काको फोन चियाउनु पर्ने कारण नै नभएको ऋचा बताउँछिन्। आफूलाई फोन गर्ने केटा र पतिलाई फोन गर्ने केटी सबै चिनाजानका हुने हुनाले चियोचासो गर्न आवश्यक ठान्दैनन् ऋचा।
आफूभन्दा पति नै फोनमा बढी व्यस्त हुने उनको ठम्याइ छ। घनिष्ट साथीहरूसँग कुरा गर्नमात्र फोन प्रयोग गर्ने ऋचा धेरैजसो एसएमएस आदानप्रदान गर्छिन्।
‘मेरो एसएमएस गर्ने बानीबाट धेरै मानिससँग झगडा परेको छ। मलाई केही चित्त बुझेन भने एसएमएस गरिहाल्छु। मानिसहरू त्यसलाई नराम्रो रूपमा लिइदिन्छन् ,' हाल ‘तुलसी' फिल्मको डबिङमा व्यस्त उनले भनिन्।
यसअघि पोस्टपेड चलाउने ऋचासँग अहिले प्रिपेड नम्बर छ। एक पत्रिकाले पोस्टपेड नम्बर छापिदिँदा ब्लफकल आउन थालेपछि उनले फोन बदलेकी हुन्। कुरा गर्नबाहेक
गीत सुन्न र गेम खेल्न मोबाइल चलाउँछिन् उनी।

0 comments:

Post a Comment