शक्तिशाली बन्दै रेखा

रेखा थापा सिनेमा क्षेत्रका शक्तिशाली नायिका तथा निर्मात्रीको रुपमा चिनिन्छ । तर अब चलचित्र क्षेत्रबाहिर होईन सिनेमाको पर्दामा पनि उनी शक्तिशाली हुने भएकी छिन् । उनलाई शक्तिशाली बनाउने काम गर्न लागेका हुन्, निर्देशक विजयविक्रम बस्नेतले । ‘हाता लाग्यो शून्य’ नामक सिनेमा बनाएका विजयले रेखालाई मुख्य पात्रको रुपमा लिएर चलचित्र ‘द पावर’ निर्माण गर्न लागेका हुन् । चलचित्र ‘द पावर’मा उनका अलवा श्याम कटुवाल मुख्य भुमिकामा रहनेछन् ।नायिका रेखा थापाले मदरासी सिनेमाका नायक जसरी यो सिनेमामा भिलेनको
धुलाई गर्ने निर्देशक बस्नेतले बताएका छन् । चलचित्रमा विकास चौधरीले संगीत भरेका छन् । हाल गीत संगीतको काम तीव्र रुपमा भईरहेको यो सिनेमा फागुनबाट छायांकनमा जाने तयारीमा रहेको छ ।

चलचित्र ‘द पावर’बाट आफ्नो निर्देशकीय छवी द्वन्द्वात्मक धारमा समेत रहने बिश्वास निर्देशक बस्नेतले लिएका छन् । हाल एक सांकृतिक कार्यक्रमका लागि मुम्वई पुगेकी रेखा नेपाल र्फकने बित्तिकै सिनेमाको बारेमा अन्य काम अगाडि बढ्ने छ ।

0 comments:

Post a Comment