‘जलजला’ हेर्न प्रचण्ड कुमारी हल पुगे

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल वुधवार विहान एकाएक कुमारी चललिच हलमा देखिए । शासकीय स्वरुप लगायत संविधानका विषयमा दलहरुबीच चलिरहेको रस्साकस्सी छाडेर प्रचण्ड सिनेमा हलमा पुगेका हुन् । माओवादी अध्यक्ष प्रचण्ड चलचित्र ‘जलजला’ हेर्न पुगेका हुन् । उनले चलचित्र आधा मात्र हेरे र बीचमै निस्किएर हिडेका थिए ।जलजला माओवादी जनयुद्धको विषयमा आधारित चलचित्र हो । चलचित्र हेर्नका लागि प्रचण्डसँगै कृष्णबहादुर महरा, अग्नि सापकोटा, लडाकूका कमाण्डर नन्द किशोर पुन कुमारी हल पुगेका थिए । उसो त माओवादी जनयुद्ध र क्रान्तिका विषयमा मात्र बनेका सिनेमा हेर्ने
माओवादी नेताहरु यसअघि पनि हल नपुगेको होइनन् ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले सिनेमा पुरै नहेरेकाले केही प्रतिक्रिया दिन नसक्ने बताए । यस्तै, नेता महराले सिनेमाले क्रान्तिको पाटोलाई उठाएकाले सबैलाई एकपटक हेर्न आग्रह गरे ।शिवजी लामीछानेको निर्माणमा तयार भएको जलजलामा आयुष रिजाल, रेखा थापाका साथमा केही नयाँ कलाकारको समेत अभिनय रहेको छ । जलजला माओवादी जनयुद्धको समयमा चर्चित वनेको एक स्थान समेत हो । चलचित्र जलजलाले विदेशी हस्तक्षेपका र क्रान्तिका पाटोलाई उठान गरेको छ ।

जे होस्, माओवादी जनयुद्ध र क्रान्तिका विषयमा तयार भएका सिनेमाले अपेक्षित व्यापार भने गरेका छैनन् । यो क्रममा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र जलजलालाई दर्शकले रुचाउने हुन् या होइनन् यो भने अहिले नै आकलन गर्न सकिँदैन ।

0 comments:

Post a Comment