किन चिढिइन् रेखा, हमालसँग

नायक राजेश हमाल नेपाली सिनेमा क्षेत्रका चर्चित नायक । २२ वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा राज गर्दै आएका महानायक पनि । उनलाई अहिले नेपाली सिनेमा क्षेत्रको महानायक पनि भनिन्छ । आम दर्शकदेखि चलचित्रकर्मीहरु राजेशलाई महानायक नै भन्ने गर्छन् । उनको योगदान र कामलाई मूल्याँकन गर्दा उनी महानायक हुने व्यक्ति पनि हुन् । तर नेपाली सिनेमा क्षेत्रकी एक चर्चित नायिकाको नजरमा भने राजेश हमाल महानायक होईनन् रे ।अहिलेकी हट एन्ड चुलबुले नायिकाको रुपमा परिचित रेखा राजेशलाई महानायक भन्न रुचाउँदिनन् । उनको नजरमा आखिर को त नेपाली सिनेमा क्षेत्रको महानायक ? रेखा भन्छिन् -’नेपाली
सिनेमा क्षेत्रको महानायक भुवन के.सी हुन् । उहाँको जस्तो अभिनय र उहाँको जस्तो क्रेज नेपाली सिनेमा क्षेत्रमा अरु कसैको पनि छैन । यसैले म उहालाई महानायक भन्न रुचाउँछु ।’आखिर सिनेमा क्षेत्रदेखि दर्शकले समेत राजेश हमाललाई दिएको महानायकको उपाधी रेखालाई भने किन भुवनलाई दिन मन लाग्यो त ? रेखाको जवाफ छ -’यहाँ को को ले को कोलाई महानायक भन्छन् । तर म भन्छु, भुवन के.सी महानायक हुन् ।’

भुवन के.सी.लाई महानायकको उपाधी दिनुको पछाडि रेखा राजेशसँग धेरै नै चिढिएको देखिन्छ । एक कार्यक्रममा राजेश हमालले बिहे कहिले गर्लान् त भन्ने हाम्रो प्रश्नमा समेत नो कमेन्ट भन्दै पन्छिएकी रेखा राजेश हमालसँग चलचित्र खेल्न र उनका वारेमा बोल्न खासै रुची राख्दिनन् । रेखाकै भाषामा भन्ने हो भने त राजेश हमाल त उनका लागि अंकल हुन् । तर, अचम्म के छ भने राजेश सँगैका भुवन भने रेखाको नजरमा अंकल नभएर दाई भएका छन् ।

रेखाले राजेशसँग सुरुवातमा हिरो र यसपछि अजम्बरी नाता खेलेपछि उनको प्रेमिका भएर सिनेमा समेत खेलेकी छैनन् । अधिकांश नयाँ नायकसँग नै सिनेमा खेल्न रुचाउने रेखाले भुवन के.सी.सँग भने साथी म तिम्रो मा प्रेमिका भएर खेल्नुलाई अचम्म मान्न सकिन्छ । तर राजेशप्रतिको उनको व्यवहार र उनले भुवनलाई दिएको महानायकको उपाधीले राजेशसँग रेखा चिढिएकी छिन् भन्ने कुरालाई बुझ्न खासै धेरै समय भने लाग्दैन ।

0 comments:

Post a Comment