नायक पनि, गायक पनि

पछिल्लो समयमा गायकहरुले समेत चलचित्रमा अभिनय गरेका छन् । यशकुमार, बाबु बोगटीजस्ता गायकहरुले सफल नायकको भूमिकासमेत निर्वाह गरिसकेका छन् । गायक नायक भएजस्तै नायक पनि गायक भएका उदाहरणसमेत धेरै छन् ।फिल्म तथा टेलिभिजनको पर्दामा अभिनय गर्ने कतिजना नायक-नायिकाले गीत गाउने गर्छन् ? तपाईंले अनुमान सहि लगाउन सक्नुहुन्छ । नायक र गायक दुवै क्षमता भएका
कलाकारहरु हिसाब गर्दै जाँदा धेरै भेटिन्छन् । पहिले नायक भएर रहरै रहरमा पछि गायक भएकाहरु धेरै छन् । हास्य अभिनेता र चलचित्रमा नायकको समेत भूमिका निर्वाह गर्ने वरिष्ठ हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले धेरै गीत गाएका छन् । मदनकृष्णको नेवारी गीत धेरै सुन्न पाइन्छ । हरिवंशले एकताका गाएको साझा बसमा जो पनि चढ्दछ……………, चञ्चले चञ्चले………..गीत अहिले पनि चर्चित छन् ।

कलाकारहरुले आधुनिक, चलचित्र र लोकदोहोरीमा समेत गीत गाउन भ्याएका छन् । एकताका नायक भुवन केसीले पानमा पराग छ………भन्ने गीत गाएर सबैलाई चकित बनाए । नायिका निरुता सिंह र रेखा थापाले पनि गीत गाएका छन् । छोडीजाने मायालुलाई………भन्ने गीत गाएर नायिका सिंहले चर्चा पनि कमाइन् । हाँस्य कलाकार किरण केसीले त आफ्नै शब्द र स्वरमा एल्बमसमेत निकालेका छन् ।

गायकलाई नायक बन्नजस्तै नायकलाई गायक बन्न सुरुमा केही अप्ठेरो पर्ने गर्छ । कलाकाहरु यही अनुभव गर्छन् । कति रहरै रहेमा नायक र गायक भएका छन् । कतिपयले दुवैमा सफलतासमेत हासिल गरेका छन् ।

0 comments:

Post a Comment