शुक्रबार सिनेमा हलमा

नेपाली सिनेमा शुक्रबार प्रदर्शन हुने परम्परालाई निरन्तरता दिँदै आजबाट तीन सिनेमा एक साथ प्रदर्शनमा आउँदैछन् । सिनेमाहरु जुध्दा चलचित्रको व्यापार खासै राम्रो नहुने भएपनि धेरै सिनेमा बन्दा लगातार रुपमा सिनेमाहरु जुधिरहेका छन् । यो हप्ता पनि सिनेमाहरु जुध्दैछन् र प्रदर्शन हुँदैछन् । यो हप्ता आउने सिनेमा यस्ता छन:
१. सिनेमाको ना: विजयपथ

निर्देशक : बसन्त निरौला

कलाकार : निखील उप्रेती, सुशिल क्षेत्री, संचिता लुइटेल, पवित्रा निरौला, सरोज के.सी. आदि ।

संगीत : बसन्त सापकोटा

छायांकन : शिव ढकाल



पत्रकारहरुको कथावस्तुमा तयार भएको यो सिनेमा आजबाट नेपालभरका बिभिन्न सिनेमा हलका साथसाथै भारतका ४० स्टेशनबाट रिलीजमा आएको छ । एक पत्रिकाको नामबाट सिनेमाको नाम राखीएको हो, विजयपथ । साथमा सिनेमाले बालक अपहरण, माया प्रेमका प्रसंगलाई पनि उठान गरेको छ । द्वन्द्वप्रधान धारमा निर्माण भएको यो सिनेमालाई दर्शकले रुचाउने विश्वास गरिएको छ ।



२. सिनेमाको नाम : परिचय


निर्देशक : आकाश पाण्डे

कलाकार : निखील उप्रेती, मोनिका वेदी, नागेन्द्र रिजाल आदि ।


नायक उप्रेती मुम्बई पसेपछि अभिनय गरेको पहिलो चलचित्र हो, परिचय । भारतीय निर्देशकले निर्देशन गरेको यो सिनेमाका अधिकांश दृश्य नेपालमै छायांकन गरिएको हो । चलचित्रमा नायक निखील उप्रेती फरक गेटअपमा प्रस्तुत भएका छन् ।




३. सिनेमाको नाम : देवयानी



निर्देशक : विजय वस्नेत

कलाकार : निखील उप्रेती, दिलीप रायमाझी, विमला के.सी. आदि ।

संगीत : लक्ष्मण शेष


नारी प्रधान चलचित्र देवयानी काठमाडौंका हलमा भने प्रदर्शनमा आईसकेको छ । यो सिनेमा आजबाट उपत्यका बाहिरका केही हलमा प्रदर्शनमा आएको छ । चलचित्र देवयानी पूर्वका केही हलका साथमा हेटौंडामा मात्र प्रदर्शनमा आउनेछ ।

0 comments:

Post a Comment