नग्नता त सुन्नै सक्दिनन् रे बिनिता !

कुनै समय एक चलचित्रका लागि नै टपलेस फोटो खिचाएकी नायिका बिनिता बराल अहिले नग्नता, ग्लायमर भन्ने बित्तिकै दिक्क मान्छिन् । कारण ‘चपली हाईट’मा टपलेस फोटो खिचाएपछि एक्कासी विवाद र चर्चामा तानिएकी यि नायिकालाई यो घटनाले नै नग्नता भन्ने शब्दबाट दिक्क लगाएको रहेछ । एक भेटमा बिनिता भन्दै थिईन् -’मलाई नग्नता होईन, अब यसलाई नै मिलाएर सौन्दर्य भन्ने शब्द सुन्न मनलाग्छ । त्यो घटनाले धेरै कुरा सिकाएको छ । हुन त संसारमा बिक्ने नै सेक्स हो । तर
पनि अहिले म यो सुन्न समेत नसक्ने भएको छु । यो शब्द सुन्ने बित्तिकै मलाई भमिट आउँछ ।’

नायिका बराल अब आफुले यस्तो सिनेमा नगर्ने समेत दावी गर्छिन् । चलचित्र ‘चपली हाईट’को स्क्यान्डलका कारण परिवारबाट समेत धेरै नै आलोचना भोगेकी उनी अब यो सिनेमामा दिएको जस्तो भुमिका नगर्ने बताउछिन् । नग्नतादेखि नै दिक्क मानेकी यि नायिका पत्रकारले समेत यसबारेमा प्रश्न नसोधिदिए हुन्थ्यो भन्ने मुडमा देखिएकी थिईन् ।

नायिका बिनिता भन्छिन् -’अब म यस्तो भुमिका गर्दिन । मैले गर्ने अर्को सिनेमामा मेरो भूमिका बेग्लै हुन्छ ।’ जे होस्, पहिलो सिनेमाबाट नै नायिका बिनिता बरालले राम्रै पाठ सिकेकी रहिछन् । हेरौ, उनले खेल्ने आगामी सिनेमामा उनको भूमिका कस्तो हुने हो । तर बिनिताजी समाज र देशको परिवेश हेरेर दृश्य दिएमा यसरी भमिट नै आउने गरी दिक्क मान्नु नै पर्दैन नि ।

0 comments:

Post a Comment