'छोटो लुगाभन्दा उध्रेको चोली नै ग्ल्यामर'

रिलिजको तयारीमा रहेको फिल्म 'लुट'को आइटम गीत 'उध्रेको चोली' अहिले चर्चामा छ। गीतमा नाच्ने अभिनेत्री सुष्मा कार्कीसँग कुराकानीः

-आइटम डान्सले फिल्म चल्न कति सहयोग गर्छ?
फिल्म प्रमोसनमा आइटम डान्सले महत्वपूर्ण भूमिका खेल्छ जस्तो लाग्छ। एउटै आइटम गीतले नै दर्शकलाई फिल्म हेर्न हलसम्म तान्छ। अझ 'लुट'मा यो गीत आवश्यक नै छ।

-छोटो लुगा ग्ल्यामर्स हुन्छ कि उध्रेको चोली?
दुवैको तुलना गर्नुपर्दा 'उध्रेको चोली' नै ग्ल्यामर्स् देखिन्छ नि।

-चोली चाहिँ कति लगाउनुहुन्छ? सधैं टिसर्टजस्तो देखिन्छ?
कहिल्यै लगाउँदिन भन्दा पनि हुन्छ। मलाई चोली सुहाउँदैन पनि। टिर्सट नै सुहाउँछ र धेरै लगाउँछु।
-तपाईले साँच्चिकै उध्रेको चोली लगायो भने मान्छेले के भन्ला?
गीतकै लाइन 'फर्की फर्की' भन्लान् कि। तर म बाहिर निस्कँदा चोलीबाहिर ज्याकेट लगाउन सक्छु।


-तपाईसँग भएको चोली उध्रियो भने के गर्नुहुन्छ? सिउनुहुन्छ कि नयाँ किन्नुहुन्छ?

मसँग चोली नै छैन। नहोस् नै भन्न चाहन्छु।

-गीतमा 'उध्रेको चोली हेरिन्छ' भनिएको छ, वास्तवमा हेरिन्छ भन्न खोजेको चीज चाहिँ चोली नै हो त?
त्यो चाहिँ गीत तयार गर्ने कम्पोजर र रचनाकारलाई थाहा हुनुपर्छ।

-गीतको सुटिङमा लगाएको चोली तपाईसँग छ कि, फिल्मकै मान्छेले लगे?
फिल्ममा कहिलेकाहीँ आफ्नो लुगा प्रयोग हुन्छ। त्यो चोली चाहिँ मेरो थिएन र सुटिङपछि फिल्म युनिटले नै लग्यो।

-आइटम डान्स गर्दा हिरोइनले छोटो लुगा वा उध्रिएको चोली नै लगाउनुपर्छ?
अहिलेसम्म आइटम डान्स हेर्ने हो भने छोटो लुगा अनिवार्य नै देखिन्छ। अरु लुगा पनि मिल्ने भए त धेरै फिल्ममा देखिनुपर्ने हो नि।

-तपाईलाई उध्रेको चोली भनेर मान्छेले जिस्काउन थालेका त छैनन्? कस्तो लाग्छ?
चिन्ने मानिसहरूले जिस्काउँछन्। यसलाई सामान्य रूपमा लिन्छु। फिल्म रिलिज हुनुअघि यस्तो चर्चा हुनुपर्छ जस्तो लाग्छ।

-उध्रेको चोली गीतको के मनपर्छ बढी?
कलाकार भएकोले 'उध्रेको चोली'को सबै पक्ष राम्रो लाग्यो। त्यसैले पनि त्यो गीतमा अभिनय गर्ने निर्णय गरेकी हुँ

0 comments:

Post a Comment