मेरा सबै सिनेमा करिअरसँग जोडिएका हुन्छन

नायक आर्यन सिग्देलले अभिनय गरेको चलचित्र आईएमसरीको बिस्तारै चर्चा बढ्न थालेको छ । यो सिनेमा यही माघ २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यही सिनेमाबाट नायक सिग्देलको सिनेमाको करिअर जोडिने धेरैले बिश्लेषण पनि गरेका छन् । तर नायक आर्यन सिग्देलले भने यो कुराले आफूलाई अचम्ममा पारेका प्रतिक्रिया दिएका छन् ।आर्यनले भने -’मेरो हरेक सिनेमा करिअरसँग जोडिएका छन् । उनले आफूले आजसम्म अभिनय गरेका सबै सिनेमा करिअरका लागि नै गरेका बताए । चलचित्र आई.एम.सरी.को बारेमा जानकारी दिन काठमाडांैमा आयोजना गरिएको एक कार्यक्रममा नायक आर्यन
सिग्देल, नायिका केकी अधिकारी सहभागी थिए ।

नायिका अधिकारीले यो सिनेमा माया गर्नेहरुको सिनेमा भएको बताईन्.। चलचित्रको बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा चलचित्रको अडियो क्यासेट पनि बिमोचन गरिएको थियो ।

कार्यक्रममा सिनेमाका दुई गीत र केही प्रोमोशनल भिजुयल समेत देखाईएको थियो । करीब १८ महिना लगाएर छायांकन गरिएको यो सिनेमालाई दिनेश रावतले गरेका हुन् । सिनेमा हरि महतले निर्माण गरेका हुन् ।

चलचित्र आई.एम.सरी. अहिले प्रतीक्षाको रुपमा हेरिएको छ । चलचित्रलाई करोड लगानीमा निर्माण गरिएको बताइएको छ ।

1 comments:

  1. every cenima in nepal have the same dialogue before release but no test as they said b4 in promo while watching.

    ReplyDelete