अभिनेत्री सुशिला रायमाझीको निधन

लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो १ बजे बिएण्डबि अस्पतालमा निधन भएको निर्माता रमेशजंग रायमाझीले जानकारी दिएका छन् । सुशिला रमेशजंगको काकी हुन् । निधन पश्चात रायमाझीको शव टिचिङ हस्पिटल महाराजगंजमा राखिएको रमेशजंगले जानकारी गराए । पहिलो श्रीमानबाट एक छोरी र दोस्रोबाट दुई छोरीकी आमा सुशिलाको कान्छी तर्फकी छोरी अमेरिकाबाट आजै राति १० बजे काठमाण्डू ओर्लए लगत्तै उनको अन्तिम दाहसस्कार राति नै गरिने रायमाझीले
जानकारी गराए । रेडियो नाटक हुदै चलचित्र अभिनयमा अब्बल ठहरिएकी सुशिलाको पाठेघर क्यान्सर सम्पूर्ण शरिरमा फैलिएपछी उनी पछिल्लो केही बर्षयता सिकिस्त थिईन् ।

सुशिला राष्ट्रिय नाचघरकी जागिरे पनि थिईन् । उनले हिरोईन भएर खेलेको पहिलो फिल्म चोट हो जसलाई श्याम राईले निर्देशन गरेका थिए । सुशिलाले धनसम्पती भन्ने चलचित्र पनि बनाएकी थिईन् भने पवन मैनालीसंग मिलेर पिजडा भन्ने चलचित्र पनि बनाएकी थिईन् । धनसम्पती मार्फत उनले छोरी प्रसिद्धीका रायमाझीलाई पनि हिरोईन बनाएकी थिईन् । दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी सुशिलाले पछिल्लो समय सानो संसार' र भुवन केसीको चलचित्र 'म तिमी बिना मरिहाल्छु' खेलेकी थिईन् ।

0 comments:

Post a Comment