कागजजस्तै पट्याउन मिल्ने मोवाइल !

कल्पना गर्नुस त, तपाईले मोबाइल फोनलाई कागजको टुक्रा जस्तै प्रयोग गर्न पाउनु भयो । त्यसलाई मोड्न, खसाल्न वा तोडमोड गरेर आफ्नो खल्तीमा राख्न राखिन्छ, अनि चाहिएको बेला कुनै क्षति नभएको अवस्थामा झै फेरि प्रयोग गर्न सकिन्छ । शोधकर्ताहरु अहिले यस्तै लचिलो मोबाइल फोनमा काम गरिरहेका छन्, जुन् निकै पातलो र कागज जस्तै पट्याएर राख्न सकिन्छ । यस्तो लचिलो फोनले नमूना ग्याजेट शोमा पहिल्यै धेरैलाई लोभ्याइसकेको छ । अहिले यसको चर्चा बढेको छ र आगामी वर्ष सन् २०१३ सम्ममा यस्तो पहिलो फोन बजारमा उपलब्ध हुनेछ । एलजी, फिलिप्स, शार्प, शोनी र नोकिया सस्ता कम्पनी यस प्रविधि निर्माणमा जुटेका छन् । तर, सबैलाई उछिनेर दक्षिण कोरियाली कम्पनी सामसुङले सबैभन्दा पहिला यस्तो फोन ल्याउन सक्ने बताइएको छ ।सामसुङ लचिलो प्रविधिको पक्षधर हो र उसलाई विश्वास छ कि यो विश्वभर निकै लोकप्रिय हुनेछ । सामसुङका प्रवक्ताका अनुसार यस्तो फोनको स्क्रीन मोडिने र उत्कृष्ट त हुन्छ नै । यसको साथमा परम्परागत एलसीडी टेक्नोलोजीको तुलनामा प्लास्टिकको जस्तै हलुका र पातलो पनि हुनेछ । पूर्ण रुपमा लचिलो मोबाइल फोन बनाउन स्क्रीनका साथ साथै कभरदेखि ब्याट्रीसम्म पनि त्यस्तै हुनुपर्नेछ । सन् १९६० को दशकमा पहिलो पटक लचिलो सौय सेल प्रदर्शन गरिएको थियो भने सन् २००५ मा फिलिप्सले एक नमूना सार्वजनिक गरेको थियो । क्याबि्रज विश्वविद्यालयका प्रोफेसर आन्द्रे फेरारी भविश्यको लचिलो पदार्थहरुमा अध्ययन गरिरहेका छन् । उनी यसका लागि ग्रेफीनको प्रयोग गर्छन् । यो पदार्थ सन् २००४ मा म्यानचेष्टर विश्वविद्यालयमा काम गर्ने दुई रुसी
बैज्ञानिकले बताएका हुन् । ग्रेफीन कार्बनको अणुले भनेको पातलो झिल्ली हो र हिराभन्दा पनि बलियो हुन्छ । शोधकर्ताहरुका अनुसार ग्रेफीन र सिलिकोन पारदर्शी र हलुका मात्र हैन, यसले भविश्यको इलेक्ट्रोनिक उपकरणमा क्रान्तिकारी परिर्वतन ल्याउँछ ।
नोकियाका लागि काम गरिरहेका प्रोफेसर फेरारी भन्छन्- हामी लचिलो र पारदर्शी डिस्प्लेमा काम गरिरहेका छौं, जुन भविश्यको लचिलो फोन, ट्याबलेट, टीभी र सोलार सेटको हिस्सा हुनेछ । एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment