मेस्सी र रोनाल्डोको ८६९ संयोग

उत्कृष्ट फुटबरल लिओलन मेस्सी र क्रिष्टियानो रोनाल्डो र उनीहरुको छोराबीच एक विचित्रको संयोग भेटिएको छ । रियल माड्रिडका विंगर पोचुर्गली रोनाल्डो बार्सिलोनाका अर्जेन्टिनी प्लेमेकर मेस्सीभादा ८६९ दिनले जेठा छन् । विचित्रको संयोग-रोनाल्डोको छोरा क्रिष्टियानो रोनाल्डो जूनियर पनि मेल्सीका छोरा थिएगो भन्दा ८६९ दिनले नै जेठा छन् । मेस्सी गत शुक्रबार बाबु बनेका हुन् भने रोनाल्डो सन् २०१० जुन १७ मा बाबु बनेका थिए । २७ वर्षका रोनाल्डो १९८५ फेब्रुअरी ५ मा जन्मिएका हुन् भने मेस्सी १९८७ जुन २४ मा । अब हेर्न बाँकी छ कि जुनियर रोनाल्डो र थिएगो
फुटबलको दुनियामा आउँछन् कि आउँदैन र उनीहरुबीच मेस्सी र रोनाल्डोबीच जस्तै उत्कृष्टता हुन्छ कि हुन्न ।

0 comments:

Post a Comment