सस्ता चलचित्रहरुमा खेल्ने सोच मैले पालेकी छैन । भावना रेग्मी/नवनायिका

भावना रेग्मी/नवनायिका 
करिब दुई दशक देखि नेपाली चलचित्रमा व्यस्त रहेका निर्देशक शिव रेग्मीको पछिल्लो चलचित्र सो सिम्पल यहि कार्तिक ३ गते बाट रिलिज हुदैछ । निर्देशक रेग्मीको छोरी भावना रेग्मी पनि यही चलचित्रबाट डेब्यू गर्दैछिन् । प्रचार प्रसारको क्रममा हेटौंडा आइपुगेका बेलामा यसै चलचित्रबाट डेब्यु गरेकी यिनै नवनायिका भावना रेग्मीसाग फिल्मीखबर साप्ताहिकका लागि हेटौंडाबाट श्रीराम अर्जुनले गरेको कुराकानीका केही अंश हामीले यहा समेटेका छौं :
आज भोली केमा व्यस्त हुनुहुन्छ ? 
आजभोलीको व्यस्त भन्नुपर्दा यहि कार्तिक ३ गतेबाट हाम्रो चलचित्र सो सिम्पल उपत्यका बाहिरका विभिन्न हलहरुबाट सार्वजानिक हुदैछ भने कार्तिक १० गतेबाट उपत्यकाभित्र चल्दैछ । त्यसैले यही चलचित्रको प्रचार प्रसारमा नै लागिराखेको छु । मेरो पहिलो चलचित्र भएकोले उपत्यका बाहिरका विभिन्न शहरहरुमा गइराखेको छु र दर्शकहरुसाग घुलमिल गरिरहेको छु । कस्तो खालको चलचित्र हो सो सिम्पल ?
चलचित्र सो सिम्पल कस्तो खालको छ भन्नुपर्दा जसको नाम नै सो सिम्पल छ । त्यसकारण पनि चलचित्रको कथावस्तु, पात्र, यसका गीतसंगीतको साथै पूरै चलचित्र सिम्पल छन् । पारिवारिक र युवापुस्ताको प्रेम सम्बन्धसाग सम्बन्धित छ यो चलचित्र ।
चलचित्रमा तपाईको भूमिका कस्तो छ ?
चलचित्र जसरी सिम्पल बनेको छ, मेरो भूमिका पनि त्यस्तै सिम्पल नै छ । मैले एउटा सिम्पल कलेज गर्लको भूमिका निभाएको छु । जुन भूमिकाले आम नेपाली कलेज गर्लको प्रतिनिधित्व गरेको छ । कलेज पढ्न जादा र आउदाका घटना र कसरी माया प्रेममा फसिन्छ भन्ने मेरो सिम्पल भूमिकाले देखाउछ ।
आफ्नै बुबाले निर्देशन गरेको चलचित्रबाट यो क्षेत्रमा आउनुभयो नि, किन ?
त्यस्तो होइन, अन्य चलचित्रबाट अफर आएको थियो तर चलचित्रमा खेल्छु भन्ने बित्तिकै खेल्ने होइन, चलचित्रलाई बुझ्नुपर्‍या,यसको
अध्ययन गर्नुपर्छ । अनि मात्र चलचित्र खेल्नुपर्छ । मेरो चलचित्र खेल्ने रहर थियो मैले चलचित्र सम्बन्धी अध्ययन गरिसकेपछि यस क्षेत्रमा आएको हु। यस फिल्मलाई नया कलाकार चाहियो भनेपछि मेरो रहर र इच्छाले बुबाकै चलचित्रलाई पहिलो चलचित्र बनाउने निर्णय गरेको हु । 
दर्शकबाट कस्तो अपेक्षा राख्नुभएको छ सो सिम्पलबाट ?
अवश्य पनि आफूले गरेको काम त राम्रै हुन्छ र राम्रै होस् भन्ने लाग्छ । मान्छेले सकारात्मक सोच नै राख्नुपर्छ, अहिलेसम्म जुन डर थियो तर हामीले पूर्व दमकमा चलचित्रको च्यारिटी सो देखायौं र त्यहाको दर्शकको उत्साह र हौसलाले हामीलाई झन् हौस्याएको छ । दर्शकले फिल्म राम्रो रहेको कुरा बताएकाले चलचित्रबाट राम्रो अपेक्षा राखेको छु ।
चलचित्र सो सिम्पल सफल भएपछि अन्य चलचित्रमा पनि खेल्नुहुन्छ ?
अवश्य पनि एउटामात्र खेल्ने भन्ने हुदैन । जब यो मुभि खेलें सुरुमा एउटा रहरले खेलो तर चलचित्रमा अभिनय गर्दागर्दै अन्य चलचित्रमा पनि खेल्ने सोच बनाएकी छु । जुन मैले पहिलो चलचित्रमा गर्न नसकेको कुरा र कमीकमजोरीलाई सच्याउदै आगामी फिल्ममा राम्रो गर्दै अगाडी बढ्नेछु । तर मलाई सुहाउदो भूमिका भने हुनैपर्छ । जस्ता पायो त्यस्तै सस्ता चलचित्रहरुमा खेल्ने सोच मैले पालेकी छैन ।
पहिलो चलचित्र खेल्दाको रमाईलो अनुभव कस्तो रह्यो ?
यो फिल्मको अभिनय गर्दाको क्षणहरु प्राय: सबै स्थानहरुमा रमाइलै रह्यो । ५१ दिन सुटिङ भयो । मकवानपुरको विभिन्न स्थानहरुमा सुटिङ गर्दा पनि रमाइलो नै रह्यो । म नया थिए त्यसैले अग्रज सरहरुसांग काम गर्दा झन् रमाइलो नै लाग्यो । अब अनुभवको कुरा गर्नु पर्दा मेरो पारिवारिक माहोल नै चलचित्रसाग सम्बन्धित छ । हुन त पहिलोचोटि क्यामेराको अगाडि रहेर अभिनय गर्दा डर लाग्छ नै तर पनि सुरुमा मलाई पनि डर लागिरहेको थियो । सम्पूर्ण युनिट परिवार जस्तो हुनुहुन्थ्यो त्यसैले सहज लाग्यो ।
एउटा चलचित्र सफल हुनुमा कलाकारको कत्तिको भूमिका रहन्छ ?
एउटा उदाहारण नै भनौं न एउटा चिया मिठो पार्न दूध र पानी ठिक्क हुनुपर्छ अनि चिनी चियापति पनि मिलेको हुनुपर्छ । हो त्यस्तै फिल्ममा पनि हरेक पात्रको उत्तिकै महत्वपूर्ण भुमिका रहेको हुन्छ र यो आफूमा भर पर्ने कुरा हो । किनभने आफूले गरेको भूमिकालाई कस्तो न्याय दिएको छु भनेर मूल्यांकन गर्नसक्नु पर्छ । अब मेरो मामलामा भन्नुपर्दा यो पहिलो चलचित्र हो । केही कमीकमजोरी पक्कै छन् होला । तर पनि मैले सक्दो भुमिका निभाएकी छु, कस्तो छ भन्ने कुरा रिलिजपछि दर्शकको प्रतिक्रियाले थाहा पाइहालिन्छ ।
अन्तमा के भन्नुहुन्छ ?
हाम्रो चलचित्र यही ३ गतेबाट मोसफलका विभिन्न शहरहरुमा लाग्दैछ । यो मेरो पहिलो चलचित्र हो, त्यसैले एकचोटी हेरी मलाई प्रतिक्रिया दिनुहोला । यो फिल्म देशको विभिन्न स्थानहरुसागै मकवानपुर जिल्लाको विभिन्न स्थानहरुमा खिचिएको छ, सबै परिवार मिलेर हेर्ने खालको पारिवारिक चलचित्र बनेको छ । तपाईहरुकै हौसला र मायाले नेपाली चलचित्र टिक्ने हो । त्यसैले एकचोटी सो सिम्पल हेरिदिनुका लागि अनुरोध गर्छु र सम्पूर्ण दर्शकहरुलाई हिन्दूहरुको महान् चाड दशैको हार्दिक शुभकामना व्यक्त गर्दछु । source: Filmykhabar weekly

0 comments:

Post a Comment