स्वस्थ रहन नियमित सम्भोग

शोधकर्ताहरुले नियमित सुरक्षित सम्भोगले मानिसलाई स्वस्थ बनाउने तथ्य पत्ता लगाएका छन् । अमेरिकाको कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक तथा यौनरोग विज्ञ डाक्टर हिल्डा हट्चरसनका अनुसार सम्भोगले केबल मानिसलाई एकअर्कामा भावनात्मक रुपमा नजिक पूराउन सहयोग मात्र गर्दैन यसले मानिसलाई शारीरिक रुपमा पनि तन्दुरुस्त बनाउँछ ।वेष्ट अफ स्कटल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले पनि दुइ हप्तामा कम्तिमा १ पटक सेक्स गर्ने मानिसले आफ्नो तनाव व्यवस्थापन गर्न सक्ने देखाएको थियो । नियमित र आरामदायी सम्भोगले मानिसमा आत्मविश्वास वृद्धि गर्ने पनि अध्ययनकर्ताहरुको भनाइ छ । सम्भोगका बेला इन्डोफिर्न र अक्जिटोसिन नामका दुइ हर्मोन निस्कने र यी हर्मोनले मस्तिष्कको खुसी संचार गर्ने केन्द्रमा प्रभाव पार्ने बताइएको छ । त्यसले मानिसमा आत्मियता तथा तनावमुक्तिको आभास दिलाउने तथा डिप्रेसनबाट पनि मुक्त गराउने शोधकर्ताहरु बताउँछन् । सेक्सको लाभ प्राप्त गर्न सधैभरी चरमोत्कर्षमा पुग्नु आवश्यक नहुने
भन्दै शोधकर्ताहरुले तर चरमोत्कर्षमा पुगिएका बेला निस्कने थप परिमाणको हर्मोनले बढि फाइदा गर्ने बताउँछन् । नियमित सम्भोग गर्ने मानिसमा अनिद्राको समस्या पनि हट्ने र सरीरको दुखाइ समेत कम गर्ने अध्ययनले देखाएको छ । अमेरिकाको दक्षिणी इलिनोइनस विश्वविद्यालयमा गरिएको अध्ययनले त नियमित सम्भोगले महिलाहरुमा आधा टाउको दुख्ने माइग्रेनको समस्या समेत कम भएको देखाएको थियो ।

0 comments:

Post a Comment