‘आइ लभ यू’ सँग मिलेकै हो त ‘ग्याङन्याम स्टाइल’

विश्वमै चर्चित बनिरहेको साउथ कोरियन गीत ग्याङन्याम स्टाइलमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि नृत्य गरेका छन् । ग्याङन्याम स्टाइलमा हमाल र मानन्धर दिल खोलेर नाचेका छन् । तर नेपालका चर्चित यि दुई जोडीले ग्याङन्याम स्टाइल गीतमा नृत्य गरेका भने होइनन् । यि दुईले अभिनय गरेको चलचित्र ‘साथी’ मा समावेश ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउन’ बोलको गीतको भिडियोलाई चर्चित कोरियन गीत ग्याङन्याम स्टाइलमा ढालिएको छ । सामाजिक संजाल युट्युबमा राखिएको उक्त भिडियोले अहिले खुबै चर्चा पाइरहेको छ । भिडियो हेर्दा कोरियन गीतमा नेपाली दुई सुपरस्टारले नृत्य गरेजस्तै लाग्छ । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई चर्चित जोडीको रुपमा परिचय दिएको ‘साथी’
चलचित्रको ‘आइ लभ यू’ बोलको गीतको भिडियोलाई ग्याङन्याम स्टाइलमा ढालिएको भिडियो यस्तो छ :

0 comments:

Post a Comment