अनौठो प्रेम कहानी-रानी राजा बने त राजा रानी (फोटो फिचरसहित)

झट्ट हेर्दा यो प्रेम जोडी आमरुपमा अन्य जोडी भन्दा फरक छैन । तर, बास्तविकता फरक छ । केटीका रुपमा देखिएकी कैटी हिल केटा हुन् भने उनका ब्याइफ्रेण्ड एरिन केटा हुन् । उनीहरु दुबैले आफ्नो लिंग परिर्वतन गरेका छन् । १८ वर्षीय हिलले आफ्नो जीवनको १५ वर्ष पुरुषका रुपमा विताए । जन्मदा नै पुरुषको रुपमा रहेका उनले बालापनबाटै आफ्ना शेक्शुआलिटीसँग संघर्ष गर्दै आएका छन् । महिलाका रुपमा जन्मिएकी एरिनलाई भने केटाको जस्तो व्यवहार गर्न मान लाथ्यो ।
पछि दुबैले हार्मोन थेरापीबाट आफ्नो लिङ्ग परिर्वतन गरे । लिङ्ग परिर्वतन अघि उनीहरु एक अर्कामा परिचित थिएनन् । उनीहरुको भेट समलिङ्गीहरुप्रति सर्मपित समूहमा सहभागी हुने क्रममा भयो र नियमित भेटकै क्रममा उनीहरुबीच प्रेमको टुसा उमि्रयो । हिलले भने-’जब मैले एरिनलाई देखेँ । म उनकै लागि बनेको हुँ भन्ने लाग्यो ।’ पुरुष जस्तो बन्न एरिनले टेस्टोटेरोन लिए भने हिलले केटी जस्तो
देखिन फीमेल कोर्स पुरा गरे । त्यसका लागि उनले एस्ट्रोजन लिनु पर्‍यो । हिल १५ वर्षको उमेरमा नै केही बनिन् । त्यसका लागि उनलाई ४० हजार डलर एस्ट्रोजन दिने डोनरले जुटाइदिएको थियो । एरिनलाई भने पिताले सहयोग गरे । –एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment