बौलाएको दुनियामा यसरी बेचिन्छ माया (भिडियो)

नेपालमा महिला निर्देशकहरुको अभाव देखिन्छ । चलचित्रको होस् या म्युजिक भिडियोको निर्देशनमा पुरुषहरुको नै वर्चस्व छ । यसैक्रममा म्युजिक भिडियो निर्देशनमा मिनाक्षी कोइराला आफ्नो पहिचान बनाउने क्रममा छिन् । मिनाक्षीले निर्देशन गरेको ‘बौलाएको दुनिया यो’ बोलको गीतको भिडियो अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ । ‘उल्का’ एल्बममा समावेश यो गीतमा शिव परियारले आवाज भरेका छन् । सुभाष भुषालको संगीतमा तयार भएकोे गीतलाई सहदेव अर्यालले कोरेका हुन् । म्युजिक भिडियोमा ‘सायद’ चलचित्रबाट चर्चामा आएका नव कलाकार संयम पुरीले अभिनय गरेका छन् । उनका साथमा कमल कोइराला र नमुलाई भिडियोमा देख्न सकिन्छ । अर्जुन तिवारीको छायांकनमा तयार भएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । बौलाएको दुनियामा माया कसरी बेचिन्छ भन्ने मुल भावमा तयार भएको भिडियो यस्तो छ

0 comments:

Post a Comment