सेन्डी’ आँधी पछि अमेरिकामा मुसाको ताण्डव !

अमेरिकामा आएको शक्तिशाली समुद्री आँधी विस्तारै रोकिए पनि यसको असर भने अझै मानिसहरूको जिवनमा परिरहेको छ । यो पटक पानीको कारणले नभै जानवरहरूले अमेरिका वासिहरूलाइ हैरानीमा पारेको छ । न्यूयोर्कको बिग एप्पल स्ट्रीटमा हजारौंको संख्यामा मुसा सड्कमा निक्लेर ताण्डब गरिरहेका छन् । उनीहरू खाना तथा बस्ने सुरक्षित ठाउँको खोजी गरिरहेको बताइन्छ । यी मुसाका कारण यस क्षेत्रमा प्लेग जस्ता अनेकौं किसिमका रोगहरू फैलन थालेको समाचारमा जनाइएको छ । यो रोगहरू सेन्डी भन्दा पनि खतरनाक हुने गर्दछ । मुसाहरू सडक बाट घरहरूमा पस्ने कोशिस गरिरहेको बताइन्छ । सेन्डी आँधीपछि त्याहाँ फैलिएको फोहोरहरूमा मुसाहरू ठुलो संख्यामा देखिएका छन् । मुसाहरूका कारण हन्टाभइरस, सलमोनेला, टाइफस, प्लेग जस्ता खतरनाक रोगहरू फैलन सक्ने कुरा चिकित्सकहरूले बताएका छन् । यद्यपी, अमेरिकी प्रशासनले पुरै न्यूयोर्क
शहर सफा गर्नका लागी आदेश दिएको छ । यस क्षेत्रका सड्कहरूमा औषधीहरू छर्नका लागी समेत प्रशासनले भनेको छ ।

0 comments:

Post a Comment