दाम्पत्य जीवन कसरी सफल बनाउने ?

मनोविश्लेषकहरूका अनुसार सफल व्यक्तिमा असल चरित्र, दृढ विश्वास, विनम्रता, साहस एवं धैर्य आदि हुन्छन्। यस्ता क्षमताले मानिसलाई शिक्षा एवं अवसरको सही प्रयोग गर्न सिकाउँछन्। हरेक मानिसमा कुनै न कुनै क्षमता हुन्छ। आफ्नो क्षमतालाई तिखार्न सके प्रत्येक व्यक्ति सफल बन्छ। सफल बन्नु छ भने कन्जुस्याइँ नगरी अरूको प्रशंसा गर्नुपर्छ। कसैको कटु आलोचक बन्नुहुँदैन। आफू सफल र सक्षम हुनुका पछाडि अन्य व्यक्तिको सहयोग भए त्यसलाईर् बिर्सनुहुँदैन। माछा पानीबिना चिया चिनीबिना माटोबिना सिर्जना। त्यस्तै हुन्न कदापि हुन्न पि्रय साथीबिनाको जीवन-यो भनाइले जीवनसाथीको महत्वलाई उजागर गरेको छ। आकाशका पक्षीले समेत एक्लै उड्नुमा भन्दा दुई भएर उड्नुमा आनन्द लिन्छन्। मानिसले एक्लै बाँच्ने कुरा सहज छैन। जीवनमा कुनै न कुनै बखत दाम्पत्य जीवनमा प्रवेश गर्नैपर्छ। दाम्पत्य जीवनलाई आजन्म सुरक्षित राख्न र सफल पार्न केही कुरामा ध्यान पुर्‍याउन भने आवश्यक छ। भनिन्छ, जीवन एक जुवा हो। केही हदसम्म यो कुरा सत्य पनि हो। मानिसले जीवनमा हरेक प्रकारका निर्णय लिनुपर्छ। सही निर्णयले जीवन प्रगतिपथमा लम्कन्छ। नो रिस्क नो गेन भनेझैँ जोखिमपूर्ण भए पनि बेलामा ठीक निर्णय लिन सक्नुपर्छ। जस्तोसुकै निर्णय गर्दा पनि सकारात्मक सोच आवश्यक पर्छ। सकारात्मक सोचले लिइएको निर्णय सुन्दर
भविष्यको आधार बन्छ।निर्णय गर्ने काम सबैका लागि कठिन छ। अझ नवविवाहित दम्पतीका अगाडि प्रशस्त चुनौती हुन्छन्। सम्बन्धलाई जिम्मेवारीपूर्वक निर्वाह गर्नु सबैभन्दा ठूलो चुनौती हो। राम्रोसँग विचार गरी भविष्यको निर्णय गर्नुपर्छ। निर्णय लिँदा हीनभावनाबाट ग्रसित हुनु एवं आफूमा शक्ति र विवेकको कमी छ भन्ने सोच्नु राम्रो हुँदैन। स्वेट मार्टेनका अनुसार वर्तमान पललाई प्रयोग गरी मन लगाएर बुद्धिमत्ताका साथ काम गर्नु नै शक्ति र विवेक जागृत गर्ने सही तरिका हो। स्वेट मार्टेन भन्छन्-’महान् र बुद्धिमान् व्यक्ति सबै कामलाई उत्तिकै महत्व दिन्छन्। उनीहरू कुनै काम सानो म्ान्दैनन्। मनोविश्लेषकहरूका अनुसार सफल व्यक्तिमा असल चरित्र, दृढ विश्वास, विनम्रता, साहस एवं धैर्य आदि हुन्छन्। यस्ता क्षमताले मानिसलाई शिक्षा एवं अवसरको सही प्रयोग गर्न सिकाउँछन्। हरेक मानिसमा कुनै न कुनै क्षमता हुन्छ। आफ्नो क्षमतालाई तिखार्न सके प्रत्येक व्यक्ति सफल बन्छ। सफल बन्नु छ भने कन्जुस्याइँ नगरी अरूको प्रशंसा गर्नुपर्छ। कसैको कटु आलोचक बन्नुहुँदैन। आफू सफल र सक्षम हुनुका पछाडि अन्य व्यक्तिको सहयोग भए त्यसलाईर् बिर्सनुहुँदैन। आफ्नो सानो सहयोगबाट कसैलाई फाइदा पुग्छ भने त्यस्तो काममा सधै अघि बढ्नुपर्छ। श्रीमान्-श्रीमतीमा कुनै प्रकारको कमी-कमजोरी हुनसक्छ। त्यसलाई बारम्बार प्रकाशमा ल्याउनुहुँदैन। यसबाट आत्मसम्मानमा चोट पुग्छ। विवाहित दम्पतीले परस्पर सहयोग गरी दाम्पत्य जीवनलाई सुमधुर एवं सुखद् बनाउने प्रयास गर्नुपर्छ। एकले अर्कालाई आफूजस्तै बनाउने प्रयासमा लाग्नुहुँदैन। जो जस्तो छ उसलाई त्यही रूपमा स्वीकार गर्नु उत्तम हुन्छ।

0 comments:

Post a Comment