प्रचण्डको रिमिक्स 'पानसमा बत्ती बालेको ' बोलको गीतबाट ।

प्रचण्ड: 
पाउँला भन्थेँ म जस्को साथ
झापड खाइयो उसैको हातबाट
पानसमा बत्ती बालेको ... कसरी बिर्सुँ खै !
मंशिर 1 मा पदमेले गालामा थप्पड हानेको ।
सीता:
धनसम्पत्ति राख्यौ नि थुपारी
कार्यकर्ता बनायौ भिकारी
ब्यर्थै किन गाला छामेको ?
छामेर हुँदैन , दुःखी मन नगर ,
कर्मैले यस्तै पारेको ।
प्रचण्ड: 
बसिरा'थेँ चिया गिलास समाउँदै
हान्यो थप्पड दरो हात बनाउँदै
पानसमा बत्ती बालेको ...
कसरी बिर्सुँ खै !
मंशिर 1 मा पदमेले गालामा थप्पड हानेको ।
सीता: 
अब किन पर्यो र रूनु
नहुनुथ्यो भैसक्यो जे हुनु
ब्यर्थै किन गाला छामेको ?
छामेर हुँदैन , दुःखी मन नगर ,
कर्मैले यस्तै पारेको ।

0 comments:

Post a Comment